काठमाडौँ । कैलाली, पाल्पा, सल्यान र कपिलवस्तुका चार जना राष्ट्रिय जनमोर्चाकी महिला उम्मेदवारले मतदान गर्नुभएको छ ।
२०८२ फागुन २१ गते बिहीबार उहाँहरूले फरकफरक जिल्लाका फरकफरक स्थानबाट मतदान गर्नुभएको हो ।
कैलाली–५ बाट राजमो उम्मेदवार शोभामणी भट्टले धनगढी नगरपालिका–३ बाट मतदान गर्नुभएको छ । वडाकार्यालयमा कायम गरिएको मतदान केन्द्रमा पुगेर भट्टले मतदान गर्नुभएको हो ।
पाल्पा–१ बाट राजमो उम्मेदवार बन्नुभएकी नरमती सिँजालीले पाल्पाबाटै मतदान गर्नुभयो । तानसेन नगरपालिका–६ स्थित टुँडिखेलमा कायम गरिएको मतदान केन्द्रसम्मै पुगेर उहाँले मतदान गर्नुभएको हो ।
सल्यान प्रतिनिधिसभाबाट राजमो उम्मेदवार कमला डाँगीले शारदा नगरपालिका वडा नं. १२ स्थित मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको छ । स्थानीय मूलडाँडा माविमा कायम गरिएको मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो ।
कपिलवस्तु–२ की राजमो उम्मेदवार लक्ष्मी पोखरेलले पनि बुद्धभूमि नगरपालिका–१ फस्कैयामा पुगेर मतदान गर्नुभएको छ । स्थानीय रामेश्वर आधारभूत विद्यालयमा कायम गरिएको मतदान केन्द्रसम्म पुगेर उहाँले मतदान गर्नुभएको हो । मतदानपछि वीरपुर, पत्थरकोट, गोरुसिङ्गेलगायतका क्षेत्रमा आफूले निर्वाचन अनुगमन गरेको उहाँले युगदर्शनलाई बताउनुभयो ।