काठमाडौँ । कर्णाली प्रदेशबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार पूर्णबहादुर शाही, नरबहादुर सिंह, रत्नबहादुर खड्का र चन्द्रविक्रम शाहीले मतदान गर्नुभएको छ ।
२०८२ फागुन २१ गते बिहीबार आआफ्नो जिल्लाबाट उहाँहरूले मतदान गर्नुभएको हो ।
सुर्खेत–२ बाट उम्मेदवार बन्नुभएका शाहीले वीरेन्द्रनगर नगरपालिका–३ बाट मतदान गर्नुभएको छ । सो वडाको हरिविल भूमि माविमा कायम गरिएको मतदान केन्द्रमा पुगी उहाँले मतदान गर्नुभएको हो । मतदानपछि शाहीले वडा नं. १, ८, ९, १०, ११, १२ र ७ वडामा मतदान केन्द्रको अनुगमन गरेको युगदर्शनलाई जानकारी गराउनुभयो ।
दैलेख–१ बाट राजमो उम्मेदवार सिंहले पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको छ । भगवतीमाई गाउँपालिका–६ बाहुनगाउँ बागडाँडास्थित लक्ष्मी प्राविमा कायम गरिएको मतदान केन्द्रमा पुगी सिंहले मतदान गर्नुभएको हो ।
जाजरकोटका राजमो उम्मेदवार खड्काले ठेलागाड नगरपालिकाको वडा नं. १० मा पुगी मतदान गर्नुभएको छ । वडाको काफलास्थित सरस्वती आधारभूत विद्यालयमा स्थापना गरिएको मतदान केन्द्रमा पुगी उहाँले मतदान गर्नुभएको हो ।
रुकुम पूर्वबाट राजमोका उम्मेदवार बन्नुभएका शाहीले आफ्नो मतदान स्थलमा पुगेर मतदान गर्नुभएको छ । सिस्ने गाउँपालिका–६ सिप्रीदहस्थित त्रिभूवन जनता माविमा कायम गरिएको मतदान केन्द्रमा पुगेर उहाँले मतदान गर्नुभएको हो ।

