काठमाडौँ । मोरङको सुनवर्षीमा सहायक मतदान अधिकृत पक्राउ परेका छन् ।
Advertisement
सुनवर्षी–६ स्थित पटियापाडा माध्यमिक विद्यालयको मतदान केन्द्र (ग) मा खटिएका सहायक अधिकृत रञ्जित शिवालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनले निर्वाचनको पूर्वतयारी भइरहेका बेला मुख्य अधिकृतसँग विवाद र अभद्र व्यवहार गरेपछि उनलाई पक्राउ गरिएको थियो ।
मोरङका प्रहरी प्रमुख एसपी कोवित कटवालका अनुसार शिवालाई बुधबार रातिदेखि नियन्त्रणमा लिइएको हो ।