काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रका राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरू अशोकविक्रम जिसी (समीर सिंह), रोशन दानी, नीलगोविन्द महर्जन र छवि खनालले मतदान गर्नुभएको छ ।
२०८२ फागुन २१ गते बिहीबार काठमाडौँ र ललितपुरका बेग्लाबेग्लै मतदान केन्द्रबाट उहाँहरूले मतदान गर्नुभएको हो ।
काठमाडौँ निर्वाचन क्षेत्र नं. ५ का उम्मेदवारसमेत रहनुभएका जिसीले बुढानीलकण्ठ–१ चपली भद्रकाली पुगेर मतदान गर्नुभएको छ । उहाँले चपलीको जयभद्रकाली माविस्थित मतदान केन्द्रमा पुगी मतदान गर्नुभएको हो ।
काठमाडौँ–९ का राजमो उम्मेदवार दानीले दहचोक खहरेबजार मतदान केन्द्रमा पुगी मतदान गर्नुभएको छ । चन्द्रागिरी नगरपालिका–१ स्थित नवदुर्गा प्रावि मतदान केन्द्रमा पुगेर दानीले मतदान गर्नुभएको हो ।
ललितपुर क्षेत्र नं. ३ बम उम्मेदवारले पहिलो मतदाताको रूपमा नीलगोविन्द महर्जनले मतदान गर्नुभएको छ । ललितपुर महानगरपालिका–२९ हरिसिद्धिस्थित वडाकार्यालयबाट उहाँले मतदान गर्नुभएको हो ।
काठमाडौँ–४ का उम्मेदवार छवि खनालले बुढानीलकण्ठ नगरपालिकाको वडा नं. ४ पासिकोटमा पुगेर मतदान गर्नुभएको छ । पासिकोटस्थित श्रीराम आधारभूत विद्यालयमा पुगेर उहाँले मतदान गर्नुभएको हो ।

