काठमाडौँ । बिहान सात बजेदेखि सुरु भएको मत ११ बजेसम्म देशभरि १०.१८ प्रतिशत मत खसेको छ ।
Advertisement
निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहान ११ : ०० बजेसम्म देशभरि १९ लाख २३ हजार ८२४ मत गरेको छ । यो कुल मतदाताको १०.१८ प्रतिशत हो ।
निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । जसमा ९६ लाख ६३ हजार ३५८ पुरुष मतदाता, ९२ लाख ४० हजार १३१ महिला मतदाता र २ सय जना अन्य मतदाता छन् ।