काठमाडौँ । राष्ट्रिय जनमोर्चाका तर्फबाट महिला उम्मेदवारहरू कमला जिसी, सम्झना पौडेल, देवी शर्मा र सीता क्षेत्रीले मतदान गर्नुभएको छ ।
२०८२ फागुन २१ गते बिहीबार उहाँहरूले दाङ, नवलपरासी र चितवनबाट मतदान गर्नुभएको हो ।
दाङ–५ बाट उम्मेदवार बन्नुभएकी जिसीले तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ बाट मतदान गर्नुभएको छ । उहाँले श्रीगइँ प्राविमा कायम गरिएको मतदान केन्द्रमा पुगेर पहिलो उम्मेदवारको रूपमा मतदान गर्नुभएको हो ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं. २ की उम्मेदवार पौडेलले मतदान गर्नुभएको छ । सुनवल नगरपालिका–३ स्थित
युगज्योति आधारभूत विद्यालयको मतदान केन्द्रमा पुगेर उहाँले मतदान गर्नुभएको हो । मतदानपछि उहाँले सुनवलमा वडा नं. १, २, ६, १० का मतदान केन्द्रको अनुगमनसमेत गरिसकेको जानकारी दिनुभयो ।
चितवन क्षेत्र नं. २ बाट उम्मेदवार बन्नुभएकी देवी शर्माले पनि आफ्नो क्षेत्रमा पुगेर मतदान गर्नुभएको छ । भरतपुर महानगरपालिका–२ स्थित ठुलो बालकुमारी कन्या माविस्थित मतदान केन्द्रमा पुगेर उहाँले मतदान गर्नुभएको हो ।
त्यस्तै चितवन क्षेत्र नं. १ की अर्की उम्मेदवार सीता क्षेत्रीले पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको छ । रत्ननगर नगरपालिका–१३ स्थित पञ्चकन्या माविस्थित मतदान केन्द्रमा पुगेर उहाँले मतदान गर्नुभएको हो ।