काठमाडौँ । राष्ट्रिय जनमोर्चाका महासचिव तथा डोटीका उम्मेदवार मनोज भट्ट, बागलुङ–१ का उम्मेदवार कृष्णप्रसाद शर्मा अधिकारी र प्युठानका उम्मेदवार तिलक जिसीले मतदान गर्नुभएको छ ।
२०८२ फागुन २१ गते बिहीबार उहाँहरूले आआफ्नो जिल्लाको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।
महासचिव भट्टले आफूले डोटीको केआइसिंह गाउँपालिका वडा नं. ४ को दुर्गामाण्डौ मतदान केन्द्रबाट भर्खरै मतदान गरेको जानकारी गराउनुभयो ।
त्यस्तै बागलुङ निर्वाचन क्षेत्र नं. १ का साझा उम्मेदवार अधिकारीले बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौरस्थित पृथ्वी हिरण्य मावि बुथ केन्द्रमा मतदान गरेको जानकारी गराउनुभएको छ । उहाँले बिहानै मतदान गर्नुभएको थियो ।
यता, प्युठान निर्वाचन क्षेत्रबाट राजमो उम्मेदवार तिलक जिसीले पनि मतदान गर्नुभएको छ । उहाँले झिमरुक गाउँपलिका–४ बाङ्गेफेदीस्थित लक्ष्मी मावि बुथ केन्द्रबाट मतदान गर्नुभएको हो ।

