काठमाडौँ । निर्वाचन आयोगले मतपेटिका सङ्कलन भएर गणना सुरु भएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने जनाएको छ ।
Advertisement
निर्वाचनको तयारीबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गणना सुरु भएको २४ घण्टाभित्र मतपरिणाम प्रकाशित गरिसक्ने बताए ।
उनले मतपेटिका सङ्कलन छिटोभन्दा छिटो गर्ने प्रयास गर्ने आश्वासन दिए ।
उनले भने– ‘छिटोभन्दा छिटो मतपेटिका सङ्कलन गर्ने हाम्रो प्रयास हुन्छ । छिटो आउन नसक्ने अधिकांश स्थानमा हेलिकोप्टरबाट पनि मतपेटिका सङ्कलन गर्छौँ । मतपेटिका प्राप्त भएर गणना सुरु गरेका २४ घण्टाभित्र नतिजा सार्वजनिक गर्छौँ ।’
समानुपातिकतर्फको मतगणना पनि जारी नै रहने भएकाले सकेसम्म छिटो नतिजा प्रकाशित गर्ने गरी आफूहरू लाग्ने उनले बताए ।