• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

वैकल्पिक शक्ति दाबी गर्दै चुनावमा होमियो राजमो


  •   सोमबार, फागुन १८, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेपालको कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान दिएका पाका र अनुभवी राजीतिज्ञ सम्मिलित दलले यस निर्वाचनमा आफूलाई वैकल्पिक शक्तिका रूपमा प्रस्तुत गरेका छन् ।

    Advertisement

    यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय जनमोर्चा, आमजनता पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीले मुलुकका विद्यमान समस्या समाधान तथा आर्थिक समृद्धिको नारासहित मतदातालाई आफ्नो पक्षमा ल्याउन आकर्षक कार्यक्रम अघि सारेका छन् ।

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ चित्रबहादुर केसी रुपन्देही र नवलपरासीलगायत जिल्लामा मत माग्दै हिँड्नुभएको छ ।
    ‘मैले भोगेको राजनीतिक जीवनमा मुलुक अहिले इतिहासकै ठुलो सङ्कटमा रहेको महसुस गरेको छु’ उहाँले भन्नुभयो ।

    खर्चिलो सङ्घीय प्रणालीका कारण मुलुकको आर्थिक अवस्था कमजोर बनेकाले त्यसमा सुधारको खाँचो रहेको सो पार्टीको घोषणापत्रमा उल्लेख छ ।

    स्वतन्त्र अर्थनीति र विनासर्त वैदेशक सहायता लिन सकिने जनमोर्चाको दृष्टिकोण छ । राष्ट्रिय जनमोर्चा गिलास चुनाव चिह्न लिएर प्रतिस्पर्धामा छ ।

    सो पार्टीबाट ४२ जिल्लामा ७० जना प्रत्यक्ष उम्मेदवार र एक सय आठ जना समानुपातिक बन्दसूचीमा छन् ।

    यसअघिको निर्वाचनमा बागलुङबाट प्रत्यक्ष निर्वाचित हुनुभएका केसी यसपटक भने समानुपातिक बन्दसूचीमा पहिलो नम्बरमा हुनुहुन्छ ।

    सो पार्टीले बागलुङ निर्वाचन क्षेत्र नं. १ मा बाहेक अन्य क्षेत्रमा चुनावी गठबन्धन गरेको छैन । नेता तथा कार्यकर्ता उत्साहका साथ जनताका बीचमा मत माग्न पुगिरहेका अध्यक्ष केसीले जानकारी दिनुभयो ।

    पूर्वमन्त्री प्रभु साह नेतृत्वको आमजनता पार्टीले राष्ट्रिय स्वाधीनता, स्थिरता र प्रणालीगत सुधारमा जोड दिँदै निर्वाचनमा होमिएको जनाएको छ । अध्यक्ष साहका अनुसार सो पार्टीले प्रत्यक्षतर्फ एक सयभन्दा बढी उम्मेदवारी दर्ता र समानुपातितर्फ एक सय १० जनाको बन्दसूची पेस गरेको छ ।

    निर्वाचन प्रचारप्रसार उत्साहजनक ढङ्गबाट अघि बढिहरेको जानकारी दिँदै अध्यक्ष साहले देशको अवस्था बदल्न आफूहरू लडिरहेको स्पष्ट पार्नुभयो ।

    ‘जे बोल्छौँ त्यही गर्छौ, अहिलेसम्म गरेर देखाएका छौँ । अहिले प्रणालीको सुधार गर्नुपर्ने आवश्यकता छ । राष्ट्रियतालाई पहिलो एजेन्डा बनाएरका छौँ’ उहाँले भन्नुभयो,– ‘वैदेशिक हस्तक्षेप अन्त्य, स्थिर सरकार, सुशासन कायम, अनावश्यक करको भार र भ्रष्टाचार हटाउने, अर्थतन्त्र बलियो बनाउने योजना अघि सारिएको छ ।’

    प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष दुर्गा सोबका अनुसार सो पार्टीले प्रत्यक्षतर्फ ८७ जनालाई चुनावी प्रतिस्पर्धामा अगाडि सारेका छ । उक्त पार्टीले ९७ जना समानुपातिक बन्दसूची बुझाएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टीले कार्यान्वयन योजनासहित घोषणापत्र ल्याएको दाबी गरेको छ ।

    राजनीतिक स्थायित्व, राष्ट्रिय स्वाधीनता, भूराजनीतिक जटिलता, समावेशिता, पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना, बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने, विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनेलगायत विषय घोषणापत्रमा समेटिएको छ ।

    २५ वर्षभित्र देशलाई विकसितस्तरमा लैजाने, पाँच वर्षमा दोहोरो अङ्कको आर्थिक वृद्धिलगायतको एजेन्डा रहेको छ । मुलुकको विद्यमान समस्याबाट निकास दिने नीति, नेतृत्व र कार्यक्रम प्रगतिशील पार्टीसँग मात्रै रहेको उहाँको भनाइ छ ।

    ‘मतदाता विकल्पका खोजीमा छन्, विकल्प दिने प्रलोपा नै हो’ अध्यक्ष सोबले भन्नुभयो । (रासस)

    सोमबार, फागुन १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.