• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

खुमेनीको हत्या साम्राज्यवाद विरोधी आन्दोलनप्रतिको क्षति : मसाल


  •   आइतबार, फागुन १७, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) अमेरिकाद्वारा इरानका सर्वोच्च नेता खुमेनीको हत्यालाई साम्राज्यवाद विरोधी आन्दोलनप्रतिको क्षति बताएको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८२ फागुन १७ गते आइतबार प्रेसवक्तव्य जारी गर्दै मसालले सो धारणा व्यक्त गरेको हो ।

    खुमेनीको मृत्युप्रति दु:ख प्रकट गर्दै मसालले महान् इरानी जनताप्रति समवेदना प्रकट गरेको छ । वक्तव्यमा खुमेनीको हत्याबाट इरानी जनताको साम्राज्यवाद विरोधी आन्दोलन कमजोर हुने होइन बरु त्यो अझै उच्च तहमा विकास हुने विश्वास व्यक्त गरिएको छ ।

    ट्रम्पको जङ्गली राजका विरुद्ध स्वयम् अमेरिकामा र विश्वभरि साम्राज्यवाद विरुद्ध आक्रोश बढ्दै गएको बताउँदै वक्तव्यमा अन्तत: अमेरिकी साम्राज्यवादको नाश हुनु अवश्यम्भावी बताइएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “इरानका सर्वोच्च नेता खुमेनीको मृत्युप्रति नेकपा (मसाल) गम्भीर दु:ख प्रकट गर्दछ र त्यो अपूरणीय राष्ट्रिय शोकको अवस्थामा महान् इरानी जनताप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

    यो अवश्य पनि सत्य हो कि इरानी जनताका लागि त्यो अत्यन्त ठुलो राष्ट्रिय क्षति हो । त्यो क्षतिबाट खालि इरानका जनता मात्र होइन, संसारभरका साम्राज्यवाद विरोधी तथा स्वतन्त्रता र शान्तिप्रिय जनतासमेत स्तब्ध भएका छन् । त्यसरी खुमेनीको मृत्यु खालि इरानी जनताका लागि मात्र होइन, विश्वभरका लागि नै ठुलो क्षति हो ।

    इरानका सर्वोच्च नेता खुमेनीको मृत्युबाट इरानलाई अवश्य पनि ठुलो क्षति पुगेको छ तर हामीलाई के विश्वास छ भने त्यस प्रकारको क्षतिले इरान कमजोर हुने छैन र अमेरिकी साम्राज्यवाद विरुद्धको उनीहरूको सङ्घर्षले अरू उच्च तहमा विकास गर्नेछ र अन्त्यमा साम्राज्यवादमाथि इरानका जनताको विजय हुनेछ । उनीहरूको त्यो विजय संसारभरका उत्पीडित राष्ट्र र जनताको विजय हुनेछ । इरानका सर्वोच्च नेता खुमेनीको हत्याका लागि हामीले अमेरिकी साम्राज्यवाद र फासिस्ट इजरायल सरकारको कडा शब्दमा भत्र्सना गर्दछौँ ।

    अहिले अमेरिकाले इरानमाथि जुन हमला गरेको छ, त्यो अमेरिकाको साम्राज्यवादी आतङ्कवादको नाङ्गो नमुना हो । अमेरिकाले खालि इरानमाथि मात्र हमला गरेको छैन, त्यसले ग्रिनल्यान्डमाथि पनि कब्जा गर्न खोजेको छ । क्यानडालाई अमेरिकाको एकाउन्नौँ राज्य बनाउन खोजेको छ । पनामा नहरमाथि कब्जा गर्न खोजेको छ । भेनेजुयलाका राष्ट्रपति मदुरोलाई अपहरण गरेको छ । त्यसरी ट्रम्पको नेतृत्वमा अमेरिकी साम्राज्यवादले जङ्गली राजको रूपमा विकास गरेको छ । इरानमाथि त्यसको आक्रमणको उद्देश्य पनि त्यहाँको तेलभण्डारमाथि कब्जा जमाउनु नै हो । त्यसरी स्पष्ट छ, अमेरिकी साम्राज्यवादले हिटलरको फासिस्ट नीतिको अनुसरण गर्दै संसारभरमा कब्जा जमाउन खोजेको छ ।

    इजरायलको प्रधानमन्त्री नेतान्याहुले अमेरिकाको आडमा प्यालिस्टाइनी जनतामाथि फासिस्ट र बर्बर नरसंहार गर्दै आइरहेको छ । उनीहरूको त्यस प्रकारको फासिस्ट र बर्बर नीति अहिले इरानमा पनि देखा परेको छ तर त्यसले गर्दा विश्वव्यापी रूपमा नै उनीहरूका विरुद्ध आक्रोश बढ्दै गइरहेको छ । स्वयम् अमेरिकी जनतामा पनि ट्रम्पको फासिस्ट नीतिका विरुद्ध व्यापक जनमत देखा पर्दै गइरहेको छ ।

    अमेरिकाले अहिले विश्वव्यापी रूपमा नै आफ्नो शक्ति प्रदर्शन गरिरहेको छ र त्यो शक्तिको बलमा “अमेरिका प्रथम” को नीतिलाई सफल पार्ने कोसिस गरिरहेको छ । यो कुरा प्रस्ट छ कि त्यस प्रकारको नाङ्गो प्रकारको शक्तिको प्रदर्शनका कारणले विश्वव्यापी रूपमा वा स्वयम् अमेरिकामा पनि त्यसका विरुद्ध व्यापक जनमत तयार हुँदै गइरहेको छ र त्यही कारणले त्यसको विनाश पनि हुने कुरा निश्चित छ ।

    इरानी जनताले अमेरिकी साम्राज्यवाद विरुद्धको त्यो सङ्घर्षलाई उच्च तहमा अगाडि बढाइरहेका छन् र उनीहरूका सर्वोच्च नेता खुमेनीको हत्याका कारणले उनीहरूको साम्राज्यवादका विरुद्धको त्यो सङ्घर्ष कमजोर हुने छैन तर त्यसले साम्राज्यवादका विरुद्ध निर्णयात्मक विजय प्राप्त गर्नेछ भन्ने कुरामा हामीलाई पूरा विश्वास छ ।

    अन्त्यमा हाम्रो पार्टीले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खुमेनीप्रति उच्च सम्मान र श्रद्धाञ्जली प्रकट गर्दछ ।”

    आइतबार, फागुन १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.