• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

भारी वर्षाको चुनौती

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

विकास निर्माणको कामलाई गति दिन निर्देशन

मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

घट्यो सुनचाँदीको मूल्य

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. हार्दिक शुभकामना

  • ८. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ९. आदर्शको पहाड

  • १०. राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट

खाडी क्षेत्रका नेपालीको सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रियको अनुरोध


  •   शनिबार, फागुन १६, २०८२ मा प्रकाशित
  • काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले खाडी क्षेत्रका नेपालीको सुरक्षामा ध्यान दिन सरकारसित अनुरोध गरेको छ ।

    Advertisement

    अध्यक्ष शक्तमान बुढाथोकीको हस्ताक्षरमा २०८२ फागुन १६ गते शनिबार प्रेसवक्तव्य जारी गर्दै समाजले सो अनुरोध गरेको हो ।

    अमेरिकाले इरानमाथि गरेको आक्रमणको परिणामस्वरूप खाडी क्षेत्रमा उत्पन्न भएको असहज परिस्थितिमाझ समाजले उच्च स्तरको सतर्कता अपनाउन आग्रह गरेको छ ।

    साम्राज्यवाद युद्धको स्रोत भएको उल्लेख गर्दै समाजले आफूहरूले इरानी जनता र विश्वभरिका युद्धविरोधी जनताको पक्षमा रहेकोसमेत स्पष्ट पारेको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “१. अमेरिकी साम्राज्यवाद र त्यसको जुनियर पार्टनर इजरायली विस्तारवादले आफ्नो कठपुतली सरकार गठन गर्नेलगायतका योजनाअनुरूप इरानमाथि आक्रमण गरेको छ । त्यस क्रममा त्यहाँको विद्यालयमा समेत आक्रमण भएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । फलस्वरूप अहिलेसम्म चार दर्जनभन्दा बढी विद्यार्थीको हत्या भएको छ । त्यसको प्रतिवादस्वरूप इरानले अमेरिकी सैन्यक्याम्प रहेका खाडी क्षेत्रका विभिन्न देशमा आक्रमण गरेको छ ।

    २. साम्राज्यवाद सबै प्रकारका अन्यायपूर्ण युद्धको स्रोत हो । अहिले अमेरिकी साम्राज्यवादले संसारभरि युद्धको खेती गरिरहेको छ । जबसम्म साम्राज्यवाद रहन्छ, तबसम्म विश्वभरि अन्यायपूर्ण युद्ध भइरहनेछन् । हाम्रो सङ्गठन इरानी जनता र विश्वभरिका न्यायप्रेमी तथा शान्तिप्रेमी जनताको साम्राज्यवाद विरोधी आवाजप्रति ऐक्यबद्धता प्रकट गर्दछ ।

    ३. युद्धका कारणले खाडी क्षेत्रमा असामान्य अवस्था उत्पन्न हुने खतरा बढेको छ । यस्तो अवस्थामा सम्पूर्ण युद्धप्रभावित देशका नेपालीसित उच्च प्रकारको सतर्कता अपनाउन, असहज परिस्थिति आइपर्दा आपसमा सूचना आदानप्रदान गर्न, आवश्यकताअनुसार उद्धार, राहतका लागि समेत तयार रहन आग्रह गर्दछौँ ।

    ४. विदेशस्थित नेपालीप्रतिको जिम्मेवारी, उत्तरदायित्व र अभिभावकत्व नेपाल सरकारको हुने भएकाले नेपाल सरकार, परराष्ट्र मन्त्रालय र प्रभावित देशका राजदूताबासमार्फत सम्बन्धित देशका नेपालीको सुरक्षा र आवश्यक राहत, उद्धारजस्ता कार्यका लागि तयार रहन अनुरोध गर्दछौँ ।”

    शनिबार, फागुन १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ
    पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द
    भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता
    भारी वर्षाको चुनौती
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

    • २.
      पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

    • ३.
      भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

    • ४.
      भारी वर्षाको चुनौती

    • ५.
      पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    • ६.
      तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    • ७.
      विकास निर्माणको कामलाई गति दिन निर्देशन

    • ८.
      मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.