• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारी वर्षाको चुनौती

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

विकास निर्माणको कामलाई गति दिन निर्देशन

मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

घट्यो सुनचाँदीको मूल्य

भारी वर्षाको पूर्वानुमानपछि कास्कीमा उच्च सतर्कता

प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो

फकल्यान्डमाथि अर्जेन्टिनाको दाबी दोहोर्‍याउँदै मिलेई

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. हार्दिक शुभकामना

  • ८. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ९. आदर्शको पहाड

  • १०. राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट

दरखोलामा पुल नबन्दा स्थानीय बासिन्दालाई समस्या


  •   शनिबार, फागुन १६, २०८२ मा प्रकाशित
  • बेनी । म्याग्दीको धौलागिरी गाउँपालिका–३ स्थित दरखोलामा मोटरेबल पुल निर्माण नहुँदा दर र मुदीका बासिन्दालाई समस्या भएको छ ।

    Advertisement

    दरखोलामा मोटरेबल पुल निर्माणका लागि चार वर्षअघि सर्वेक्षण भए पनि बजेट र योजनाको अभावका कार्यान्वयन हुन सकेको छैन ।

    पुल नहुँदा धौलागिरी गाउँपालिकाको वडा नम्बर ३ दर र वडा नम्बर ४ को मुदीका बासिन्दा मर्कामा परेका दर गाउँका पारस बुढाले बताए ।

    हिउँदमा ह्युमपाइप राखेर सवारीसाधन आवतजावत गर्ने व्यवस्था मिलाइएको छ । बर्खामा दरखोलामा बाढी आउँदा असारदेखि कात्तिक महिनासम्म सवारीसाधन आवतजावत गर्न सकिँदैन ।

    दर, मुदी, बगर, नाउरा, नेरवाङ, चेचुङ, खिबाङ र खाम्ला बस्तीलाई गाउँपालिकाको केन्द्र मुनासँग जोड्ने सडकमा नियमित यातायात सञ्चालनका लागि दरखोलामा पुल आवश्यक रहेको छ । यी गाउँमा करिब सात सय घरपरिवारको बसोबास रहेको छ ।

    मुदीको धौलागिरी युवा क्लबका अध्यक्ष विशाल घर्तीले दरखोलाको मोटरेबल पुल आफूहरूको प्रमुख माग र आवश्यकता भएको बताए ।

    आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गाउँमा आएका उम्मेदवारसँग दरखोलामा पुल बनाउन माग गरिएको उनले बताए ।

    पुल नहुँदा बर्खा याममा खाद्यान्न र निर्माण सामग्री ढुवानी, बिरामीलाई अस्पताल लैजान, कृषि र पशुजन्य वस्तु बजार पठाउन समस्या भएको दरका हरिप्रसाद बुढाले गुनासो गरे ।

    दरखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा विस्तृत परियोजना प्रतिवेदन तयार पारेको थियो । गण्डकी प्रदेश सरकारले आव २०८०/८१ मा रु ५० लाख र २०८१/८२ मा रु ३० लाख बजेट विनियोजन भए पनि राजनीतिक अस्थिरता र सरकार परिवर्तनका कारण बजेट थपेर स्रोत सुनिश्चितता गराउन नसक्दा कार्यान्वयन हुन सकेन ।

    आव २०८२/८३ मा सङ्घीय सरकारसँग माग गरेको योजना सम्बोधन नभएपछि गाउँपालिकाले रु १५ लाख बजेट विनियोजन गरेको उपाध्यक्ष रेशम पुनमगरले बताए ।

    गाउँपालिकाको नीति तथा कार्यक्रममा दर, मुदी क्षेत्रमा निर्माणाधीन जलविद्युत् आयोजनासँग समन्वय गरेर दरखोलामा बेलिब्रिज बनाउने उल्लेख गरेको छ ।

    प्रभावित क्षेत्रका बासिन्दा जलविद्युत् आयोजनाको सामाजिक उत्तरदायित्वको रकम पुलमा खर्च गर्न नहुने अडानमा छन् । जलविद्युत् आयोजना थप व्ययभार बेहोर्न चाहँदैनन् । गाउँपालिकासँग आवश्यक पर्ने पर्याप्त आर्थिक स्रोतको अभावका कारण दरखोलामा पुल बनाउने योजना कार्यान्वयनमा ढिलाइ भएको जनप्रतिनिधिको भनाइ छ ।

    शनिबार, फागुन १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको चुनौती
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला
    विकास निर्माणको कामलाई गति दिन निर्देशन
    मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव
    घट्यो सुनचाँदीको मूल्य

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      भारी वर्षाको चुनौती

    • २.
      पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    • ३.
      तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    • ४.
      विकास निर्माणको कामलाई गति दिन निर्देशन

    • ५.
      मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

    • ६.
      घट्यो सुनचाँदीको मूल्य

    • ७.
      भारी वर्षाको पूर्वानुमानपछि कास्कीमा उच्च सतर्कता

    • ८.
      प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.