हेटौँटा । मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नं. २ का हेटौँडा, भीमफेदी र इन्द्रसरोवर पालिकामा राष्ट्रिय जनमोर्चाको घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।
राजमो केन्द्रीय निर्वाचन परिचालन समितिका सदस्य सानोभाइ कार्की तथा सो क्षेत्रका उम्मेदवार निरबहादुर सिन्तानको नेतृत्वमा २०८२ फागुन १५ गते शुक्रबार घरदैलो कार्यक्रम सम्पन्न भएको हो ।
मनहरी बजारबाट सुरु भएको राजमोको टोली अभियान मनहरी गाउँपालिकाका विभिन्न वडा, हेटौँडा नगरपालिकाका वडा नं. १९, ११, ३ र १, भीमफेदी गाउँपालिकाका विभिन्न वडा र इन्द्रसरोवर पालिकाका विभिन्न वडामा पुगेर घरदैलो गरेको थियो ।
अभियानअन्तर्गत राजमोलाई शुभेच्छा प्रकट गर्ने धेरै मतदातासँग भेटघाट गर्दै घोषणापत्र, पर्चापम्प्लेट वितरणलगाएतको कार्यक्रम गरिएको राजमोले जानकारी दिएको छ ।
प्रचारप्रसार टोलीमा निर्वाचन परिचालन समितिका संयोजक शुभराज गोले, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय कोषाध्यक्ष पुरुषोत्तम कार्की, राष्ट्रिय सहकारी अभियानका केन्द्रीय सदस्य कृष्णबहादुर विष्ट, राजमो मकवानपुरका सचिव दिनेश विष्टसँगै अन्य राजमो सदस्य तथा समर्थकको पनि सहभागिता रहेको थियो ।


