हेटौँडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमोर्चाको घरदैलो अभियान तीव्र गतिमा सञ्चालन भइरहेको छ ।
थाहा नगरपालिकाको डाँडाबासबाट सुरु भई कैलाश गाउँपालिकाका वडा नं. ५, ६, १, २, ७, ८ र राक्सिराङ गाउँपालिकाका केही वडामा घरदैलो अभियान सम्पन भएको हो ।
अभियानमा जनमोर्चालाई शुभेच्छा प्रकट गर्ने धेरै मतदातासँग भेटघाट घोषणापत्र वितरणलगायतको कार्यक्रम गरिएको थियो ।
घरदैलो कार्यक्रममा राजमो राजमो केन्द्रीय निर्वाचन परिचालन समितिका सदस्य सानोभाइ कार्कीको नेतृत्वमा अगाडि बढिरहेको छ ।
टोलीमा प्रत्यक्षतर्फका उम्मेदवार तथा राजमो मकवानपुर अध्यक्ष निरबहादुर सिन्तान, निर्वाचन परिचालन समिति मकवानपुर संयोजक शुभराज गोले, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय कोषाध्यक्ष पुरुषोत्तम कार्की, राष्ट्रिय सहकारी अभियानका केन्द्रीय सदस्य कृष्णबहादुर विष्ट, राजमो मकवानपुर सचिव दिनेश विष्ट, राजमो सदस्यहरू लक्ष्मण विष्ट, मनोज केसी, विक्रम विष्टलगायतको सहभागिता रहेको थियो ।
