तानसेन । पाल्पा निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय जनमोर्चाको प्रचारटोली रिब्दीकोटमा पुगेको छ ।
सो क्षेत्रका उम्मेदवार विशाल दर्लामीको नेतृत्वमा २०८२ फागुन १३ गते बुधबार प्रचारटोली रिब्दीकोट–८ फेकवा पुगेको हो ।
आज बिहान रिब्दीकोट गाउँपालिकाको वडा नं. २ दमकबाट सुरु भएको प्रचार कार्यक्रम कुशुमखोला, बतासे, दबका हुँदै सोमरसम्म पुगेको थियो ।
उम्मेदवार दर्लामीका अनुसार राजमोको प्रचारटोली सो निर्वाचन क्षेत्रअन्तर्गतका पाँचओटा पालिकाका अधिकांश स्थानमा पुगिसकेको छ ।
‘हाम्रो निर्वाचन क्षेत्रको अधिकांश स्थानमा हामी पुगिसकेका छौँ’ उहाँले भन्नुभयो– ‘बाँकी रहेका केही स्थानमा फागुन १८ गतेसम्म पुगिसक्ने योजना बनाएका छौँ ।’
आजको प्रचारटोलीमा राजमो लुम्बिनी प्रदेश समितिका सचिव सोमकुमार कार्की, राजमो नेताहरू निरू सारू, पार्वती विक, शिवप्रसाद भुसाललगायत हुनुहुन्छ ।
प्रचारटोलीले घरदैलो तथा जनभेटघाटसँगै कोणसभा, पर्चा वितरण, छलफललगायतका कार्यक्रम सम्पन्न गरिरहेको राजमो पाल्पा–१ ले जनाएको छ ।
