काठमाडौँ । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनमोर्चाको चुनावी प्रचारप्रसार तीव्र बनेको छ ।
आगामी फागनु २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार निलगोविन्द महर्जनको उपस्थितिमा प्रचारप्रसार अभियान चलिरहेकोे हो ।
२०८२ फागुन ४ गतेदेखि सुरु भएको प्रचारप्रसार कार्यक्रम क्षेत्र नं. ३ का विभिन्न स्थानमा कोणसभा, जनभेटघाट, पर्चापम्प्लेट, माइकिङ गरेको केन्द्रीय सदस्य सुधा शर्माले युगदर्शनलाई जानकारी दिनुभयो ।
शर्माका अनुसार अभियान कुपन्डोल, झम्सिखेल, खोकना, बुङ्मती, सुनाकोठी, धापाखेल, नख्खु हुँदै भैंसेपातीलगायतका विभिन्न स्थानमा भएको थियो ।
प्रचारप्रसारमा काठमाडौँ ४ का उम्मेदवार छवि खनाल, राजमो केन्द्रीय सल्लाहकार आन्नन्द शर्मा, नेपाल कम्युनिस्ट पार्टी (मसाल) का प्रवक्त रामप्रकाश पुरी, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष मीना पुन, अखिल नेपाल व्यवसायी सङ्घ (अन्ला) का केन्द्रीय अध्यक्ष पदम रोका, अखिल नेपाल टे«ड यूनियन महासङ्घ (अन्टुक) का महासचिव धनपति सापकोटा, मदन शर्मा, पदम मोक्तान, दिपक रिजाललगायतको सहभागिता रहेको थियो ।
प्रचारप्रसार कार्यक्रम आगामी फागुन १८ गतेसम्म नै चल्ने शर्माले जानकारी दिनुभयो ।