• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

“नयाँ” ले सरकारको नेतृत्व गरे देश युद्धक्षेत्र बन्छ : नेपाली (भिडियो अन्तर्वार्ता)


  •   सोमबार, फागुन ११, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका कार्यवाहक अध्यक्ष तथा समानुपातिक उम्मेदवार रश्मिराज नेपालीले आगामी फागुन २१ गतेपछि “नयाँ” भनिएकाले सरकारको नेतृत्व गरेमा नेपाल युद्धक्षेत्र बन्ने खतरा औल्याउनुभएको छ ।

    Advertisement

    युगदर्शन मिडियाका लागि प्रकाश थापामगरलाई २०८२ फागुन १० गते आइतबार भिडियो अन्तर्वार्ता दिँदै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    अन्तर्वार्ताको क्रममा उहाँले अहिलेको चुनावको मुख्य विषय नै अमेरिकी साम्राज्यवाद भएको दाबी गर्नुभयो ।

    ‘अहिले अमेरिकी साम्राज्यवाद फेरि एसिया महादेशमा प्रवेश गर्न खोज्दैछ’ चीनलाई घेर्ने उद्देश्यका साथ अमेरिका नेपाल आएको बताउँदै उहाँले भन्नुभयो– ‘अमेरिकाको यस्तो नीतिका विरुद्ध चीनले प्रतिकार गर्नासाथ नेपाल अमेरिकी स्वार्थअनुसारको युद्धक्षेत्र बन्नेछ ।’

    उहाँले यसअघि अमेरिकी साम्राज्यवादले अफगानिस्तान, इराकमा विध्वंस मच्याइरहेको स्मरण गर्नुभयो ।

    नेपालमा आफ्नो नयाँ कठपुतली कायम गर्न थालेको बताउँदै कावा अध्यक्ष नेपालीले अमेरिकाले घोषित रूपमा नै बालेन, रवि लामिछाने र

    गगन थापालाई प्रधानमन्त्रीमा अघि सारेर नेपालमाथिको हस्तक्षेप बढाएर लगेको स्पष्ट पार्नुभयो ।

    उहाँले भन्नुभयो– ‘नयाँ भनिएकाहरू सरकारमा आए नेपालको राष्ट्रिय अस्मिता नै सिद्धिन्छ ।’

    कुराकानीको क्रममा उहाँले नेपालको राष्ट्रियतामािथ अहिले गम्भीर बन्दै आएको अमेरिकी साम्राज्यवादी खतराका विरुद्ध नेपाली जनता सचेत हुनुपर्ने बताउनुभयो ।

    अहिलेको चुनावमार्फत देशभरिका जनतामाझ लोकतन्त्रसँगै राष्ट्रियता रक्षाको विषयमा जनचेतना फैलाइरहेको दाबी उहाँले गर्नुभयो ।

    नेपालबाटै नयाँ दलाई लामाको खोजी

    अन्तर्वार्ताको क्रममा अध्यक्ष नेपालीले नयाँ दलाई लामा नेपालबाट खोजी भइरहेको पनि खुलासा गर्नुभयो ।

    ‘नेपालका बुद्धिस्टमध्येबाट नयाँ दलाई लामाको खोजी गर्ने काम पनि भइरहेको छ’ उहाँको भनाइ थियो ।

    नेपालबाट नयाँ दलाई लामा घोषणा गरिए नेपालको चीनसितको ऐतिहासिक र दौत्य सम्बन्ध तत्कालै समाप्त हुने ठोकुवा उहाँको थियो ।

    अहिलेसम्मका नेपालका शासक ‘एक चीन’ नीतिको पक्षमा रहेको स्पष्ट पार्दै उहाँले अमेरिकाको नयाँ साम्राज्यवादी नीतिले गर्दा चीनसितको परम्परागत सम्बन्ध पूरै समाप्त हुने उहाँको विश्लेषण थियो ।

    फागुन २१ गते चुनाव नभए देशमा भयावह स्थिति

    राजमो नेता नेपालीले फागुन २१ गते चुनाव नभए देश भयावह अवस्थातर्फ जाने बताउनुभयो ।

    ‘यदि फागुन २१ गते चुनाव भएन भने देश भयावह अवस्थातर्फ जानेछ’ उहाँले भन्नुभयो– ‘त्यसैले निर्धारित समयमै चुनाव हुनुपर्दछ । त्यसो भयो भने देशले राजनीतिक निकास पाउनेछ ।’

    आफूहरू आगामी चुनावबाट जनताका सबै समस्या समाधान हुनेछ भन्ने भ्रममा नरहेको तर चुनावले देश एउटा संवैधानिक लयमा फर्किने उहाँको अभिव्यक्ति थियो ।

    अहिलेको अन्तरिम सरकार असंवैधानिक भएको तथा त्यसले प्रतिनिधिसभा विघटत गर्नु दुवै गलत भएको बताउँदै उहाँले फागुन २१ गते चुनाव नहुँदा देशमा संवैधानिक रिक्तता रहने भएकाले राजमोले निर्धारित समयमा चुनावमा जोड दिएको दाबीसेत गर्नुभयो ।

    राजमोप्रति आकर्षण बढ्दो

    कावा अध्यक्ष नेपालीले राजमोप्रति नेपाली जनताको आकर्षण बढ्दै गइरहेको बताउनुभयो ।

    ‘मैले काठमाडौँबाहिर र यहाँका पनि चुनाव प्रचारप्रसारमा भाग लिएको छु’ उहाँले भन्नुभयो– ‘हामीप्रतिको जनआकर्षण क्रमश: बढ्दै गएको छ ।’

    प्रचारप्रसारको क्रममा राजधानी र राजधानीबाहिरका जनताको मानसिकतामा भएको फरक पनि उहाँले उल्लेख गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘गाउँघरका जनतासित भेटघाट हुँदा उनीहरूले आफ्ना समस्या राख्दछन् र उम्मेदवारले के कस्ता योजना ल्याउनुहुन्छ भनेर सोध्छन् तर काठमाडौँमा त्यस खालको दोहोरो अन्तरक्रिया भएको पाइएन ।’

    (राजमो कावा अध्यक्ष तथा उम्मेदवार नेपालीसँगको भिडियो अन्तर्वार्ताको पूर्ण पाठ हेर्न/सुन्नका लागि युगदर्शन मिडियाको युट्युब च्यानल वाच गर्न अनुरोध गरिन्छ ।)

    सोमबार, फागुन ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.