हेटौँडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं. २ को थाहा–३ गोपालीगाउँमा राष्ट्रिय जनमोर्चाको निर्वाचन प्रचार समिति गठन भएको छ ।
राजमो मकवानपुरको कोषाध्यक्ष तथा समानुपातिक उम्मेदवार शोभा गोपालीको अध्यक्षतामा २०८२ फागुन ८ गते सम्पन्न भेलाले सो समिति गठन गरेको हो ।
भेलामा राजमो मकवानपुरका अध्यक्ष तथा २ नं. क्षेत्रका उम्मेदवार निरबहादुर सिन्तान, उपाध्यक्ष उत्तरबहादुर गोपाली र सचिव दिनेश विष्टलगायतले भनाइ राख्दै राष्ट्रियताको पक्षमा सङ्घर्षरत देशको एउटा मात्रै पार्टी राजमोको चुनाव चिह्न गिलासमा मतदान गर्न अपिल गर्नुभयो ।
भेलाले मनलाल गोपालीको संयोजकत्वमा टोल निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ ।
समितिको सदस्यमा उत्तर गोपाली, चित्रबहादुर गोपाली, जगत् गोपाली, जनक सुनार, ध्रुव सुनारलगायत रहन्भएको छ ।
समितिले राजमोको चुनाव घोषणापत्र लिएर घरदैलो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको जानकारी प्राप्त भएको छ ।