धुलिखेल । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमोर्चाको घरदैलो तथा माइकिङसहितको प्रचारप्रसार चलिरहेको छ ।
Advertisement
सो क्षेत्रका उम्मेदवार दाबा लामाको नेतृत्वमा राजमो नेताहरू दीर्घबहादुर सुवेदी, गङ्गा पौडेलसहितको टोलीले प्रचारप्रसार अगाडि बढाएको हो ।
उम्मेदवार लामाले दिनुभएको जानकारीअनुसार राजमोले अहिलेसम्म पाखर, ठुलधादिङ, आतरपुर, लिसङ्खु, बाभल, ठोकर्पा, सुकुटे, विन्ज्याललगायतका स्थानमा घरदैलोसँगै पर्चा वितरण गरिसकेको छ ।
त्यस्तै फागुन ९ गतेदेखि खरिचौर, बाह्रबिसे, टौठिल, पागर, मुडे, ठुलधादिङलगायतका क्षेत्रमा पुन: माइकिङसहितको प्रचारप्रसार अगाडि बढाउन थालिएको उम्मेदवार लामाले जानकारी दिनुभयो ।
