हैटौडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ अन्तर्गत थाहा नगरपालिका ३ को डाँडागाउँमा राष्ट्रिय जनमोर्चा मकवानपुरले चुनावी भेला सम्पन्न गरेको छ ।
राष्ट्रिय जनमोर्चा मकवानपुरका सचीव दिनेश बिष्टको अध्यक्षतामा सम्पन्न सो भेलामा राष्ट्रिय जनमोर्चा केन्द्रीय निर्वाचन परिचालन समितिका सदस्य सानोभाई कार्किले अहिलेको जटिल अबस्थामा देशलाई निकास र सुशासनको बाटोमा अगाडि बढाउन गिलास चिन्हमा मतदान गरि राष्ट्रिय जनमोर्चाको उम्मेदवारलाई बिजयी बनाउन अपिल गर्नु भयो ।
कार्यक्रममा समानुपातिक तर्फका उम्मेदवार शोभा गोपाली लागएतको उपस्थिति रहेको थियो । भेलाले लब बिष्टको अध्यक्षतामा टोल निर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ । समितिको उपाध्यक्ष दिनेश थोकर, सचिव बिजय बिष्ट, सदस्यहरू केशव बिष्ट, रामेश्वर बिष्ट, कृष्ण बहादुर बिष्ट, दिनेश बिष्ट लागएत रहेका छन् ।
समितिले घरदैलो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।