चेन्नई । मूल प्रबाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सदस्य चन्द्र प्रसाद पौडेल मातृ शोकमा पर्नुभएको छ ।
Advertisement
मधुवन नगरपालिका ७ सुक्रवस्ती ताराताल बर्दिया निवासी चन्द्रप्रसाद पौडेलकी ममतामयी आमा सिता देबी पौडेलको लामो उपचार चलिरहेको थियो । १५ फरवरी २०२६ गते राती उहाँको कोयम्बटोरमा निधन भएको छ ।
क्षेत्रीय अध्यक्ष चन्द्रबहादुर थापाले एक शोक वक्तव्यमार्फत मृतकप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिको तर्फदेखि भावपूर्ण हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवार जनमा धैर्यताको कामना सहित गहिरो समवेदना व्यक्त गर्नुभएको हो ।
मृतक सितादेवीका दुई छोरा र बुहारी एक छोरी र जुवाई पाँच नाति नातिना हुनुहुन्छ ।