• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

सुर्खेतका जनता अहिले पनि मिटरब्याजबाट पीडित छन् : थापा


  •   सोमबार, फागुन ०४, २०८२ मा प्रकाशित
  • सुर्खेत । राष्ट्रिय जनमोर्चा सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ का उम्मेद्वार मोहन थापाले सुर्खेतका जनता अहिले पनि मिटरव्याजबाट पीडित रहेको बताएका छन् । थापाले युगदर्शनसँगको अन्तर्वार्ताका क्रममा सो समस्या बारे जानकारी गराएका हुन् ।

    Advertisement

    ‘सुर्खेतका जनता अहिले पनि मिटरव्याजको समस्याबाट पिडीत छन्, मिटरव्याजीहरूले धेरै मान्छेहरूको घरजग्गा खाइदिएर सुकुम्बासी बनाउने र बनाउने प्रक्रिया छ ।’ थापाले अगाडि भने– ‘यो समस्यालाई पनि हामीले रोक्नु पर्नेमा जोड दिंदै आएका छौँ ।’ आफुले चुनाव जितेमा मिटरव्याज समस्याको बारेमा पनि संसदमा उठाउने बताए ।

    अबको वैकल्पिक राजनीतिक शक्ति राष्ट्रिय जनमोर्चा हुनुपर्दछ भन्ने जनताको चाहना रहेको थापाले बताए ।

    राष्ट्रियता र गणतन्त्रको रक्षाको सवालमा भनौँ वा संघीयताको खारेजी लगायतको विषयमा राजमोले गर्दै आएको संघर्ष गर्दै आएको छ । जनताले राष्ट्रिय जनमोर्चा मात्रै निष्कलंक पार्टी रहेको प्रचारप्रसार जनतामाझ पुर्‍याएको थापाको भनाई छ ।

    जेनजी आन्दोलनमा विषयमा थापाले भने– ‘जुन उदेश्यका लागि भएको थियो, त्यस अनुरुपको काम हुन सकिरहेको छैन । आन्दोलनको माग उपयुक्त हुँदाहुँदै पनि विदेशी शक्तिहरूले आफ्‌नो स्वार्थ अनुरुप आन्दोलनलाई उपयोग गरे ।’

    सामाजिक सञ्जाल लगायत इन्टरनेटको माध्यमबाट युवाहरूले प्रचारप्रसार गर्ने दौरानमा आन्दोलनलाई सतही ढंगले बुझेको थापाले बताए । त्यस बारेमा युवाहरूलाई राजनीतिक विचार तथा विषयहरूलाई अलिक गहन र गहिराईमा पुग्नेगरी बुझाउनुपर्ने आवश्यकता रहेको थापाले औंल्याए ।

    ‘यदि त्यो खालको स्थिति सिर्जना भएन भने स्टनवाज गर्ने अथवा नयाँ भनिएका तथा विदेशी शक्तिहरूबाट सञ्चालित पार्टीहरूको उपस्थिति हुनेछ ।’ थापाले अगाडि भने– ‘उनीहरूको उपस्थितिले नेपाल पनि युक्रेन बन्न सक्ने स्थिति पनि हुन सक्ने अवस्था देखिन्छ । त्यसकारणले यो सन्देश आम रुपमा जनताको माझमा बुझाउन जरुरी छ ।’

    रोजगार नहुँदा आम युवाहरू विदेश पलायन हुनेुपर्ने वाध्यता रहेको थापाको भनाई थियो ।

    थापाले आफूले चुनाव जितेमा सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ को भौतिक पूर्वाधारहरू निर्माणका कामहरूलाई व्यवस्थित बनाउने बताए । थापाले अगाडि भने– ‘अहिले जुन विकास भइरहेको छ, त्यो सबै पहुँच र शक्तिको आधारमा भइरहेको छ । समानुपातिक तथा समान वितरण प्रणालीको अधारमा भइरहेको छैन । त्यसलाई व्यवस्थित गर्नेछु ।’

    चुनावमा मतदान कुन ठूलो पार्टी र कुन सानो पार्टी भन्ने आधारमा होइन, सहि नीति, कार्यक्रम एवं दृष्टिकोण भएको आधारमा जनताले मतदान गर्न मतदाताहरूलाई थापाले अपिल गरे ।

    सोमबार, फागुन ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.