• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

भारतमा नेपालीमाथि गरिएको दुर्व्यवहार खेदजनकः मूलप्रवाह


  •   आइतबार, साउन ०४, २०७७ मा प्रकाशित
  • काठमाडौं । मूलप्रवाह अखिल भारत नेपाली एकता समाजले भारतमा नेपालीहरुमाथि विभिन्न खालका दुर्व्यवहार गरिएको भन्दै निन्दा गरेको छ । केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘रामको जन्मभूमि अयोध्या नेपालमा पर्छ’ भनेपछि भारतका हिन्दूवादी केही संगठनहरुले नेपालीमाथि दूर्व्यवहार गरेका थिए ।

    Advertisement

    केही दिन अघि भारतको एक हिन्दूवादी संगठनले बनारसमा एक व्यक्तिलाई नक्कली नेपाली नागरिक बनाएर कपाल मुण्डन गरी टाउकोमा श्रीराम लेख्नुका साथै नेपालका प्रधानमन्त्री ओलीविरुद्ध नारावाजी गर्न लगाएको थियो । सो समूहले प्रधानमन्त्री ओलीले माफी नमागे भारतमा रहेका नेपालीहरुविरुद्ध ‘कडा कदम चाल्ने’ चेतावनीसहित पोष्टरसमेत टाँसेको थियो ।

    यो हेर्नुहोसः कपाल खौरिएर टाउकोमा ‘जय श्रीराम’ लेखिएका व्यक्ति भारतीय नागरिक

    मूलप्रवाहका अध्यक्ष दुर्गाबहादुर केसीले एक वक्तव्य प्रकाशित गरी भारतका कतिपय स्थानहरुमा कट्टर हिदूत्ववादी संघ संस्था र व्यक्तिहरुले नेपालीहरु विरुद्ध दिएका साम्प्रदायिक सद्भाव खलल पुर्याउने प्रकारका अभिव्यक्तिहरु एवं गतिविधिहरु प्रति ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

    वक्तव्यमा अध्यक्ष केसीले लाखौं भारतीय नागरिकहरु पनि नेपालमा काम गरिरहेको स्मरण गराउँदै दुवै देशका नागरिकबीच आपसी सद्भाव र सुरक्षाको प्रतयाभूती हुनुपर्नेमा जोड दिनुभएको छ ।

    यस्तो छ, वक्तव्यः
    ‘भारतका कतिपय स्थानहरुमा कट्टर हिदूत्ववादी संघ संस्था र व्यक्तिहरुले नेपालीहरु विरुद्ध दिएका साम्प्रदायीक सद्भाव खलल पुर्याउने प्रकारका अभिव्यक्तिहरु एवं गतिविधिहरु प्रति हाम्रो ध्यानाकर्षण भएको छ । नेपाल र भारतका जनता बीचको मैत्रीपूर्ण सम्बन्ध पौराणिक कालदेखि नै चल्दै आएको छ । यसको प्रमुख कारण सामाजिक, धार्मिक विश्वास समान हुनुलाई नै दुबै देशका जनता, प्रवुद्ध व्यक्तिहरु एवं सरकारहरुले समेत स्वीकार गर्दै आएको विषय हो । पौराणिक मान्यता अनुसार कैयौं देवी, देवता संत महन्तहरुको जन्मस्थल, कर्मभूमि, शक्तिपीठ, मठ, तीर्थस्थल आदि दुबै देशहरुमा फैलिएका छन् र परापूर्व कालदेखि नै एक दुसरा देशमा धार्मिक यात्राहरु भइरहेका छन् ।

    भानु जयन्तीको अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या र श्रीरामको जन्मबारे दिएको अभिव्यक्ति नेपाल–भारत बीचमा रहेको धार्मिक, सांस्कृतिक तथा दुबै देशका जनताका मैत्रिपूर्ण सम्बन्धलाई ख्यालै नगरि गैरजिम्मेवार र अदुरदर्शितापूर्ण अभिव्यक्ति हो । यसमा कुनै दुई राय छैन । धार्मिक स्थलहरुका आ–आफ्ना मान्यता रहँदै आएका छन् । कुनै स्थापित मान्यताको स्थानमा लामो अध्ययन र अनुसन्धान पछि अनुसन्धानकर्ताले कुनै विषयमा आफ्नो विचार, धारणा वा कुनै तथ्य प्रस्तुत गर्नु अन्यथा हुँदैन । तर प्रधानमन्त्रीको गरिमामय पदमा आसिन व्यक्तिबाट आएको यसप्रकारको अभिव्यक्तिहरुले राजनीतिक महत्व राख्दछ । त्यसरी प्रधानमन्त्रीको गरिमायम पदमा आसिन व्यक्तिबाट आएको अभिव्यक्तिले दुई देशको सम्बन्धलाई समेत असर पार्दछ । त्यही अभिव्यक्तिलाई लिएर भारतका कतिपय समाचार माध्यम, टेलिविजन एवं युट्युब च्यानलहरूले नकारात्मक प्रचार गरि नेपालीहरुका विरुद्ध भारतीय नागरिकहरुलाई भड्काउने दुस्प्रयास गरिरहेका छन् भने कट्टर हिन्दूत्ववादी संघ संस्था तथा व्यक्तिहरुले नेपालीहरुलाई लखेटनेसम्मका धम्किहरु दिएका छन्, त्यो अत्यन्त निन्दनीय छ ।

    सन १९५० को नेपाल–भारत शान्ति तथा मैत्री संधी अनुसार लाखौं नेपाली भारतमा सानो तिनो नोकरी पेशा गरेर जिवीका उपार्जन गरिरहेका छन् भने नेपालमा ठूला–साना व्यापार विजनेसदेखि लिएर दैनिक परिश्रम गरि आर्थिक उपार्जन गर्ने भारतीय नागरिकहरुको संख्या पनि कम छैन । उनीहरु पनि लाखौंको संख्यामा नेपालमा रोजगारी गरि जीवनयापन गर्नुका साथै ठूलो धनराशी रेमिटेन्सको रुपमा भारत पठाउने गर्दछन् । यो अवस्थामा कुनै पनि पक्षबाट हुने भड्कावपूर्ण अभिव्यक्तिहरु कसैको हित अनुकुल हुँदैन । आ–आफ्नो देशमा रहेका प्रवासी मजदुरहरुको हक अधिकार र सुरक्षाको प्रत्याभूति दिनु दुबै देशका सरकारको दायीत्व हो ।

    भारतमा दुई थरीका नेपालीहरुको बसोवास छ । प्रथम, १८१६ को सुगौली संधीका आधारमा भू–भागस“ग जोडिएर आएका नेपालीहरु जो अंग्रेजी साम्राज्यको अन्त्य पश्चात पनि भारतीय भूमिस“ग गाँसिएर भारतीय नागरिक बनेका नेपाली भाषीहरु । द्वितीय, नेपाल–भारत शान्ति तथा मैत्री संधी १९५० का आधारमा आवत जावत गर्ने नेपाली नागरिकहरु । राष्ट्रियताको प्रश्न बाहेक दुबैथरी नेपालीहरुका समस्या कमोवेश एउटै प्रकारका छन् । नेपाल तथा भारत सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं कि दुबै देशमा हुने राजनीतिक तथा विभिन्न धार्मिक घटनाक्रमबाट हामी प्रवासी नेपालीहरु अत्यन्तै समस्यामा पर्ने गरेका छौं । हालका दिनमा भारतका कतिपय स्थानमा घटेका घटनाहरु प्रतिनिधि मुलक घट्ना हुन् ।

    विश्वका दुई ठूला मुलुक भारत र चीनको बीचमा रहेको देश नेपाल सार्वभौम सत्ता सम्पन्न राष्ट्र हो । हामी दुबै देशसँग मित्रतवत व्यवहार गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौं । जसरी भारतलाई गाली गर्ने र चीनलाई आफ्नो नजिकको मान्ने वा भारतलाई बढी रिझाउने र चीनलाई कमै महत्व दिनेखालको कूटनीति व्यवहारले नेपाल र नेपालीहरुको भलो हुँदैन । विश्वस्तरमा फरक फरक प्रकारको अस्तित्व अथवा विशाल अर्थतन्त्र र फरक राजनीतिक धरातलमा अगाडि बढेका दुई ठूला देशहरूसँगको सहकार्य र कुटनैतिक सम्बन्धका आधार अगाडि बढ्नुको विकल्प छैन ।

    अतः हामी सम्पूर्ण सरोकार वाला निकाय, मिडिया लगायत नेपाल तथा भारतका जनताहरुसँग साम्प्रदायीक सौहार्दता र एकतामा जोड दिन्छौं । विभिन्न मिडीयाहरूको भड्कावपूर्ण, अमर्यादित, असभ्य दुस्प्रचारको पछाडि नलाग्न र आफू पनि भड्कावपूर्ण अभिव्यक्तिहरुबाट बच्न एवं भारतीय जनतासँगको मित्रतालाई थप उचाइमा पुर्याउनका लागि अनुरोध गर्दछौं ।’

    आइतबार, साउन ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.