परासी । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको विशेष आतिथ्यमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलमा चुनावी कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चा जिल्ला समितिअन्तर्गत निर्वाचन प्रचारप्रसार समिति नवलपरासी क्षेत्र नं. २ को आयोजनामा २०८२ फागुन १ गते शुक्रबार चुनावी भेला तथा भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मन्तव्य राख्दै महामन्त्री सिंहले विशिष्ट परिस्थितिमा चुनाव हुन गइरहेको बताउँदै लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि गम्भीर हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
जेनजी परिघटनापछि देशको लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतासँगै राष्ट्रियतामाथि समेत गम्भीर खतरा उत्पन्न भएकाले चुनावमा पनि तिनै विषयमा जनचेतना फैलाउनु आवश्यक रहेको उहाँको भनाइ थियो ।
त्यस्तै उम्मेदवार पार्वता पौड्याल (सम्झना) मतदातासँग भेटघाट अनुभवसहित मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा राजमो लुम्बिनी प्रदेश सल्लाहकार वासुदेव पोखरेल र लुम्बिनी प्रदेश सदस्य तिलकप्रसाद सुवेदीको पनि उपस्थिति रहेको थियो ।
राजमो नवलपरासीका जिल्ला कोषाध्यक्ष गिरीराज ज्ञवालीको अध्यक्षता तथा सुनवल नगर समितिका सल्लाहकार डिल्लीराज ज्ञवालीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा नेकपा (मसाल) नवलपरासीका प्रवक्ता रेम रानाले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा शुक्रबार नै निधन भएका राजमो केन्द्रीय सदस्य नारायण जिसीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

{“capture_mode”:”AutoModule”,”faces”:[]}

{“capture_mode”:”AutoModule”,”faces”:[]}

{“capture_mode”:”AutoModule”,”faces”:[]}