• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

पर्वत चुनाव, २०८२


  •   बिहिबार, माघ २९, २०८२ मा प्रकाशित
  • एमाले, कांग्रेस, माओवादीले लामो समयसम्म सत्तामा बसेर जुन राँइदाँइ मच्चाए, देशका नदिनाला, घाट, वनजंगल, चारैतिर जुन दाँइमाडो हाले त्यस्तो अवस्थामा उम्रनसक्ने खेतिपाती होइन । झारपातै हो । बनमारा झार हो । विषालु वनस्पति हो । घण्टी पार्टी त्यसको उदाहरण हो । अनि त्यस्तो विषालु वनस्पतिको बिउ छर्ने कर्ता , बियाँठे एमाले कांग्रेस माओवादी नै हुन ।

    Advertisement

    अहिले कोहि कोहि १७ हजार मान्छे मारेर बाँदर नियन्त्रण गर्न पर्वतका गाउँगाउँ डुल्ने कुरा गरेका छन् । १७ हजार मान्छे मारेर बाँदर नियन्त्रण गर्न गाउँगाउँ डुल्ने कुरा आश्चर्य लाग्दा छन् । हास्यास्पद छ, ढिलै सहि यत्तिको बुद्धि पलाएकोमा पनि धन्यवादै छ ।

    अर्का कोहिकोही रुखका बुढा भएका हाँगाविंगा छिमलेम र नयाँ भएर आएम भनेका छन् । अब नयाँ मिठामिठा रसिला फल लाग्छम् हाम्लाई भोट दिनुपर्छ यसपाली भन्दै हिडेका छन् । जुन रुखले नेपाली जनताको भाग्य रुख्यायो, नेपाललाई ओसेपमा राख्यो त्यही रुखमा दान गर्न देशभरी नै खाचो नपर्ला । पर्वतलाई त झनै नपर्ला ।

    अनि कोही आफुले पर्वत जिल्लाको हावापानी माटोमा खेलेको, हावापानी माटोले आफुलाइ चिनेर दुई दुई पटक जिताईसकेको भन्दै हिडेका छन् । आफुले पर्वत जिल्लाको हावापानी माटोमा खेलेको, हावापानी माटोले आफुलाई राम्ररी चिनेको भन्ने कुरा पनि बेकारका कुरा हुन् । आफुले ढोगभेट गरेको माटोमा, कुटोकोदालो गरेको माटोमा विषालु झारपातका बीउ उम्रीसक्दा पनि आफुलाई माटोले चिनेको गर्व गरिरहनु धिक्कार हो । ह्याट्रिकको धाकधक्कु अहंकार हो । वास्तवमा जनतालाई तीन बर्ल्याङ हो । पर्वत र पर्वतवासी जनताले तीन बर्ल्याङ खेलाउन खोज्नेबाट सावधान रहनुपर्ने बेला हो यो ।

    तीन बर्ल्याङ खेलाउन खोज्नेबाट सचेत रहौँ । पर्वतवासी जनताले विगतलाई पनि संझनुपर्छ । विगतलाई पनि याद गर्नुपर्छ र सुन्दर भविस्यको कल्पना कामना गर्नुपर्छ ।

    पर्वतवासी जनताले यी सबै कुराको हेक्का राखेर मतदानमा सहभागी जनाऔँ । कसैको प्रभाव र लहैलहैमा नलागौँ ।

    एमाले, काँग्रेस, माओवादीलाई चोर, डाका, फटाहा, हत्यारा, दलाल, राष्ट्रघाती भनेर रिसले घण्टी पार्टीतिर लहसिने टोलाउने भयानक गल्ती नगरौँ । माटो बिग्रे खनजोत गरेर, मल्चिङ गरेर सपारौंला । झारपात उखेलेर फालौंला । तर देश नै नरहने गरि विदेशीलाई सुम्पने काम नगरौँ ।

    इमान्दारीपुर्वक घण्टी बजाउन चाहनेहरुले बुझ्नु जरुरी हुन्छ कि घण्टी बजाउँदै बजाउँदै दिल्ली दरबारमा देश बुझाइनेछ र दलाइलामालाई देशको मुख्यमन्त्री बनाइनेछ । नेपालमा घण्टीको खेल सकिनेछ । अनिपछी घण्टी बज्न बाङ्लादेश र श्रीलंकामा शुरु गर्नेछ । बज्दाबज्दै त्यता पनि घन्किनेछ । सकिनेछ ।

    अन्त्यमा, पर्वत फलेवास नगरपालिका धर्मशाला निवासी प्रेमकुमारी तिवारीज्युको भनाइ स्मरण गर्दै विदा हुन चाहन्छु । उहाँले (२०८०/१०/२० माघमा अहिंसावादि रेडियो पर्वतको पुर्ख्यौली कुरा/अन्तर्वार्तामा) आफ्‌नो पालाको र अहिलेको अवस्थाको भिन्नताको बारेमा एउटा दार्शनिक, एउटा घतलाग्दो कुरा भन्नुभएको थियो – “मोहोरका ओहोरका भए, ओहोरका मोहोरका भए ।”

    २०८४ मा हुने आम चुनाव ०८२ मा हुँदैछ । ओहोरका मोहोरका हुने र मोहोरका ओहोरका हुने चुनावमा परिणत होस् ।

    उपरोक्त पार्टीका ओस्याहट र ओल्स्याहट कुराले देशका उत्पादनशिल युवा विदेश पलायन हुनबाट रोकिने छैनन् । देश जोगिने छैन । गजभरिको छाती बनाएर गर्वकासाथ राष्ट्रिय जनमोर्चाको गिलास चुनाव चिन्हमा मतदान गरौँ ।

    – इन्द्रकान्त शर्मा
    फलेवास भुसालचौर, पर्वत ।

    बिहिबार, माघ २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी घटनाको सन्दर्भमा
    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.