हेटौडा–मकवानपुर । राष्ट्रिय जनमोर्चा मकवानपुरले निर्वाचन लक्षित भेला सम्पन्न गरेको छ । भेलाले प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा शुभराज गोलेको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
पार्टीले मकवानपुरको अध्यक्ष निर बहादुर सिन्तानलाई उम्मेद्वार बनाएको छ ।
निर बहादुर सिन्तानको अध्यक्षतामा अगाडि बढेको सो कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्द्रीय निर्वाचन परिचालन समितिका सदस्य सानोभाई कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।
समितिको सदस्यहरूमा क्रमशः दिनेश बिष्ट, सानोभाई कार्की, कृष्ण बहादुर बिष्ट, चित्र लाल गोपाली, अभ्यास बिष्ट, मनलाल गोपाली, जगत बहादुर गोपाली, शोभा गोपाली, गुप्त बहादुर कार्की, पुरुषोत्तम कार्की, निर बहादुर सिन्तान, दिपक केसी, नबराज केसी, झलक चन्द्र बिष्ट, सालिकराम बिष्ट, आत्माराम कार्की, दिनेश कार्की, बिक्रम बिष्ट, जीवन गोपाली, उत्तर बहादुर गोपाली, धु्रब सुनार, जनक सुनार, झल सुनार, दिनेश थोकर, हिमाल सिन्तान, सागर सिन्तान, रबि बिष्ट, नमराज बिष्ट, रामकृष्ण बिष्ट, नबिका गोले, पशुपति बिष्ट, केशव बिष्ट, गोकर्ण कार्की, किरण कार्कि, भुपेन्द्र केसी लागएत रहेका छन् ।
साथै दिनेश बिष्टको संयोजक रहेको आर्थिक समिति गठन गरिएको छ । उक्त अबसरमा निर्वाचन सम्पर्क कार्यालय समेत उद्घाटन गरिएको छ ।