रोपड । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोपड नगर समितिले फरवरी ७, २०२६ को मूल प्रवाह रोपड नगर समितिको आयोजनामा २०८२ को प्रतिनिधि सभा निर्वाचन परिचालन भेला सम्पन्न भएको छ ।
मूल प्रवाहका सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य बिल बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो समारोहमा यसपटकको निर्वाचनमा मूल प्रवाहका सबै तहका कार्यकर्ताहरूलाई निर्वाचनमा सहभागी बनाउने प्रतिवद्धता गरिएको थियो ।
भेलामा लक्ष्मी गुरुङ, बिस्नु थापा, गिता सापकोटा, मिनु बानिया, भेग बहादुर टण्डन, रुपा कार्की, टेक बहादुर महत, रामचन्द्र शर्मा, तिल बहादुर थापा, भाग्यशुभा गुरुङ, दिलकुमारी लगाएतले मन्तव्य दिनुभएको थियो ।
कार्यक्रम मदन थापाको सञ्चालनले र अध्यक्षता भिम बहादुर कार्कीले गर्नुभएको सो भेलामा स्वागत मन्तव्य नारायण सापकोटाले र सांस्कृतिक कलाकारहरूले स्वागत गित प्रस्तुत गर्नु भएको थियो।