गुलरिया । राष्ट्रिय जनमोर्चा बर्दियाको आयोजनामा जिल्ला भेला सम्पन्न भएको छ ।
Advertisement
चुनावलक्षित सो कार्यक्रम २०८२ माघ २४ गते शनिबार सदरमुकाम गुलरियामा सम्पन्न भएको हो ।
अखिल नेपाल युवक सङ्घका केन्द्रीय सल्लाहकार कृष्णराज पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलामा राजमो लुम्बिनी प्रदेश समितिका सदस्य भीमप्रसाद देवकोटा, बर्दिया क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार लोकबहादुर राना, क्षेत्र नं. २ का उम्मेदवार रतनसिंह रावतलगायत अतिथिको उपस्थिति रहेको थियो ।
राजमो बर्दियाका अध्यक्ष नुमलाल रेग्मीको अध्यक्षतामा अघि बढेको सो भेलामा कार्यकर्तालाई प्रशिक्षण दिइनुका साथै निर्वाचन परिचालन, प्रचारप्रसार तथा आर्थिक व्यवस्थापनलगायत निर्णय गरिएको आयोजकले जनाएको छ ।