उद्यव मगर, दोहा ।
कतार नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सल्लाहकार खिम बुढामगरको प्रमुख आतिथ्यमा फेबु्रअरी ६, २०२६ शुक्रबारका दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
केन्द्रीय अध्यक्ष रामप्रसाद पराजुलीको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा एकता समाजका सचिव बलदेव राना, वक्रा एरिया समितिका अध्यक्ष मीनबहादुर विक, ग्रान्डमल एरियाका अध्यक्ष सन्तोष सुनार, रक्तिम विभागका अध्यक्ष विमल भुसाल, महिला विभागका संयोजक हीरा शर्मा, बुद्धिजीवी विभागका संयोजक मिलन गौतम र युगदर्शन मिडियाका पत्रकार उद्धब मगरको समेत आतिथ्य रहेको थियो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथिले ब्यानर पढेर गर्नुभएको थियो ।
देश तथा युग परिवर्तन गर्ने सहिदप्रति एक मिनेट मौनधारणपछि कार्यक्रममा उपस्थित सहभागीलाई कोषाध्यक्ष लक्ष्मण कोइरालाले स्वागत गर्नुभएको थियो ।
महासचिव मीनराज पुनको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा रक्तिमको सांस्कृतिक टिमले देश र जनताको लागि चेतना र उद्देश्य पहिचान गर्ने खालका थुप्रै उत्साहजनक प्रस्तुति दिएको थियो ।
