• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

कपाल खौरिएर टाउकोमा ‘जय श्रीराम’ लेखिएका व्यक्ति भारतीय नागरिक

"पैसा लिएर अभिनय गरेको खुलासा "

  •   शनिबार, साउन ०३, २०७७ मा प्रकाशित
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि रामको जन्म र जन्मभूमि अयोध्याबारे दिएको विवादास्पद अभिव्यक्तिको विरोधमा भारतको बनारसमा विश्व हिन्दू सेना नामक समूहले गराएको घटनामा पीडितका रूपमा चित्रित ‘नेपाली युवक’ वास्तवमा भारतीय नागरिक भएको र उनले पैसा लिएर भिडिओ बनाउन सहमति दिएको प्रहरीले बताएको छ।

    Advertisement

    नेपालमा पनि निकै भाइरल भएको एउटा भिडिओ फुटेजमा त्यहाँको एउटा हिन्दू सङ्गठनका कार्यकर्ताहरूले नेपालीका रूपमा प्रस्तुत गरिएका ती व्यक्तिको कपाल खौरिएर नेपाल र प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्न लगाएको देखिन्छ ।

    उक्त घटनाको भिडिओ खिची बिहीवार सामाजिक सञ्जालमा प्रसार गरेको आरोपमा प्रहरीले शुक्रवार चार जनालाई पक्राउ गरेको थियो । उनीहरूलाई शनिवार अदालतमा पेस गरिएको छ भने शनिवार थप दुई जना पक्राउ परेका छन् ।
    मुख्य आरोपित अरुण पाठक भने अझै फरार रहेको बनारस प्रहरीका एसपी अमित पाठकले जानकारी दिए।

    को हुन् ती व्यक्ति ?
    ‘नेपाली युवक’का रूपमा चिनाइएका ती व्यक्तिको जन्म बनारसमै भएको र उनी त्यहीँ बसोबास गर्ने व्यक्ति भएको प्रहरीले बताएको छ ।

    यसअघि शनिवार बिहान एसपी पाठकले बीबीसीसँग भनेका थिए, ‘उनले उजुरी दिएका छैनन्, उनलाई फेला पार्न वा सम्पर्क गर्न सक्यौँ भने मात्र हामी (उनी नेपाली हुन् कि हैनन्) भन्न सक्छौँ।’ एसपी पाठकले भने, ‘आज हाम्रो सम्पर्क यो भिडिओमा देखाइएका व्यक्तिसँग भयो। उनी यहीँ बस्छन् र जल संस्थानको कोलोनीमा उनको आवास छ ।’

    उनका अनुसार ती व्यक्तिका आमा र बुवा सरकारी कर्मचारी थिए र उनका भाइ अहिले पनि जलसंस्थानमा कार्यरत छन्।
    ‘उनी यहीँ सूचीकृत भएका मतदाता हुन् र उनीसँग आधार कार्ड पनि छ। उनको जन्म यहीँ वाराणसीमा भएको हो’ एसपी पाठकले भने।

    प्रहरीका अनुसार उक्त आपत्तिजनक भिडिओ बनाउने व्यक्तिहरूसँग उनको पूर्वपरिचय भएको देखिएको छ र उनले पैसा लिएर उनीहरूले अह्राएअनुसार गर्न स्वीकारेका थिए।

    ‘ती व्यक्तिहरूले भनेकाले आफू उनीहरूसँग गएको र भिडिओ बनाएबापत एक हजार रुपैयाँ लिएको उनले बताएका छन्’ एसपी पाठकले भने।

    यसअघि बनारसमा बस्ने नेपाली समुदायका अगुवाहरूले पनि ती व्यक्ति को हुन् भनेर सोधखोज गरेका थिए। उनीहरूमध्ये केहीले ती व्यक्ति घटनास्थलनजिकै बस्ने अवकाशप्राप्त सैनिक भएको प्रारम्भिक सूचना आएको बीबीसीलाई बताएका थिए।

    भिडिओमा उनले नेपाली बोलेको सुनिए पनि उनी नेपाली मूलका हुन् वा नेपाली बोल्न सक्ने भारतीय हुन् भन्ने स्पष्ट हुन बाँकी नै छ। प्रहरीले पनि यसबारे केही बताएको छैन।

    यसअघि घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका एक आरोपित व्यक्तिले प्रहरीलाई दिएको बयानमा ती व्यक्तिलाई नेपालका प्रधानमन्त्रीविरुद्ध नारा लगाउन १,५०० रुपैयाँ दिएर तयार पारिएको दाबी गरेका थिए।

    बनारस प्रहरीले घटनामा संलग्न सबैलाई कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेको छ।

    ‘यो पूरै घटनाक्रममा हामी थप प्रमाण सङ्कलन गर्दैछौँ र अन्य व्यक्तिको गिरफ्तारीका लागि प्रयास पनि हुँदैछ,’ एसपी पाठकले भने।

    बनारसबाट प्रकाशित अमर उजाला पत्रिकाका अनुसार उक्त घटनाका मुख्य आरोपित अरुण पाठकलाई प्रहरीका तीनवटा टोलीले खोजिरहेको छ ।

    उक्त पत्रिकाका अनुसार भिडिओ खिच्ने सन्तोष कुमार पाण्डेयले पाठकले फोन गरेर आफूलाई गङ्गाको घाटमा बोलाएको र त्यहाँ पुग्दा पैसा दिएर एक नेपाली युवकलाई कपाल खौरिन तयार राखिएको प्रहरीलाई बताएका थिए।

    के हो विश्व हिन्दू सेना ?
    विश्व हिन्दू सेना बनारसमा पनि खासै नाम नसुनिएको समूह हो । वाराणसी प्रहरीका अनुसार अरुण पाठक त्यसका नेता हुन्। तर उक्त सङ्गठनको पर्चामा त्यो कतै दर्ता भएको सङ्केत देखिँदैन ।

    उक्त समूहले ओलीविरुद्ध ललिताघाटस्थित नेपाली मन्दिरसहित बनारसका विभिन्न स्थानमा पोस्टर टाँसेको थियो ।

    त्यसमा ओलीले रामबारे गरेको अभिव्यक्ति फिर्ता नलिए भारतमा बस्ने नेपालीले परिणाम भोग्नुपर्ने चेतावनी दिइएको थियो ।

    के भन्छन् बनारसमा बस्ने नेपालीहरू ?
    बनारसमा अध्ययन, अध्यापन, काम र तीर्थवास गर्ने नेपालीहरूको सङ्ख्या उल्लेख्य छ । धेरैले यो घटनालाई दुई देशबीच रहेको सांस्कृतिक र पारम्परिक सम्बन्ध बिगार्ने ‘षड्यन्त्र र अतिवादी कृत्य’ को रूपमा हेरेका छन् ।

    अहिले नेपालीहरू बसोबास गर्ने क्षेत्रमा सुरक्षा बढाइएको छ । तर कोरोनाभाइरस लकडाउनमा हिँडडुल र अन्य गतिविधि पनि कम भएकाले खासै असुरक्षित अनुभूति नभएको उनीहरूको भनाइ छ।

    ‘अहिले केही तत्त्वहरूले आतङ्क सिर्जना गर्न र चर्चित हुने अवसरका खोजेका हुन्’ साम्राज्येश्वर पशुपतिनाथ मन्दिर सञ्चालक समितिका अध्यक्ष स्वामी ओम्कारानन्द गिरिले बीबीसीसँग भने, ‘हामी सतर्क छौँ, तर यो घटनालाई ठूलो महत्त्व दिनुहुँदैन ।’

    ‘प्रहरी र प्रशासनले कारबाही सुरु गरेका छन्’ उनले भने, ‘यस विषयमा नेपाली राजदूतले पनि उत्तर प्रदेशका मुख्यमन्त्रीसँग कुरा गर्नुभएको छ ।’

    ललिताघाटस्थित नेपाली मन्दिरमा पर्चा टाँसिएपछि गिरिले राजदूत आचार्यसँग कुरा गरेका थिए। अहिले मन्दिरको सुरक्षाका लागि प्रहरीको एउटा टोली परिचालित भएको जानकारी उनले दिए ।

    बनारसमा नेपाली नागरिक र नेपाली मूलका अन्य मानिसले आफूलाई असुरक्षित महसुस गर्नुपर्ने स्थिति नभएको नेपाली समुदायका एक अगुवा राजु पोखरेल बताउँछन् ।

    ‘केही भयो भने हामीलाई सम्पर्क गर्न भनेका छौँ,’ उनले भने, ‘हामी प्रशासनसँग सम्पर्कमा छौँ ।’ (बीबीसी)

    शनिबार, साउन ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ३.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ४.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ५.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ६.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ८.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.