संगरुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज संगरुर नगर समितिले ब्रेनहैमरेज पिडीतलाई आर्थिक सहयोग गरेको छ । समाजले करिव दुईलाख तिसहजार सहयोग पिडित परिवारलाई समाज केन्द्रीय सदस्य एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष तारा सोमारे र केन्द्रीय सदस्य एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य नर बहादुर ओलीले हस्तान्तरण गर्नुभएको हो ।
भारतको पंजाब राज्यको संगरुरमा गत दिसेम्बर २७, २०२५ मा ब्रेन हेमरेज भई मस्तिकको नशा फाट्दा गम्भिर बिमारी भएका गोपाल थापा उपचार गराउँदै आएका छन् । उनलाई मूल प्रवाहले आज फरवरी ५, २०२६ को हस्तान्तरण गरेको छ ।
मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिको आयोजनामा सहयोग संकलन अभियानबाट उठाईएको नेरु दुईलाख उन्नातिस हजार आठसय अठचालिस नगद एवं आनलाइन रकम आज एक समारोहमा पिडितको श्रीमती सिता थापालाई हस्तान्तरण गरिएको हो ।

आर्थिक स्थितिमा अत्यान्तै कमजोर गोपाल थापाको उपचारमा पहिलो पटक १०४१६० नगद सहयोग गरि उपचार शुरु गरिएको थियो । भने यसपटक १२५६८८ गरि जम्मा दुईलाख उन्तिस हजार आठ सय अठचालीस २२९८४८ सहयोग हस्तांतरण गरिएको छ ।
गत वर्ष गोपाल थापाको मूल प्रवाह संगरूर नगर समिति तथा चण्डीगढ नगर समितिको सहयोगमा चण्डीगढ पिजिआई हस्पीटलमा अपरेसन गरिएको थियो। अपरेसन गर्दा टाउकोको एकातिरको हड्डी (खोपडीको टुकुरो) बाहिर राख्नु पर्ने भएकोले पेटमा अझै सुरक्षित राखिएको छ ।
वहाँको श्रीमती सिता थापाले घर–घरमा गई सानोतिनो काम गरेर स–साना दुई छोरा सहित पालनपोषण र एक वर्षदेखि विस्तारामा रहेका श्रीमानको सेवा गरि रहनुभएको जटिल अवश्थामा गोपाल थापाको अपरेसन गरि पेटमा सुरक्षित राखिएको टाउकोको हड्डी (खोपडीको टुकुरो) लाई यथास्थानमा पुनर्स्थापना गर्नुपर्ने आवश्यकता बताए पछि मूल प्रवाहले पुन सहयोग संकलन गरेको हो ।