पञ्चकुला–डेरावासी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पञ्चकुला डेरावासी नगर समितिको आयोजनामा २०८२ साल फाल्गुण २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरि भेला सम्पन्न भएको छ । सोही अवसरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सदस्यता नवीकरण पनि गरिएको थियो ।
भेलाले मूल प्रवाहको सदस्यहरू प्रत्यक्ष देशको निर्वाचनमा सहभागी हुने गरी विभिन्न निर्णयहरू गरेको छ । राष्ट्रिय जनमोर्चाको प्रत्यक्ष एवं समानुपातिक उम्मेदवारहरूलाई आफ्नो मतको प्रयोग गरी अत्याधिक बहुमतले जिताउनको लागि प्रयत्न गर्ने कार्ययोजना निश्चित गरिएको छ । त्यस्तै निर्वाचनलाई आर्थिक, नैतिक एवं भौतिक सहयोग गर्न कार्यकर्ताहरूलाई अनुरोध गरिएको थियो ।
भेलाको अध्यक्षता नगर समितिको अध्यक्ष काजीमान राईले र सञ्चालन सुरेश आचार्यले गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरूलाई कुमारी थापाले स्वागत गर्नुभएको थियो ।
भेलालाई सुदूरपश्चिम उत्तर महिला क्षेत्रीय संयोजक माया आचार्य, मूल प्रवाह नगर समितिका सदस्य पुरन थापा, केन्द्रीय समितिबाट तिलक राज पौडेल, प्रेम आचार्यले सम्बोधन गर्नुभएको थियो ।
भेलामा मूल प्रवाह नगर अध्यक्ष काजीमान राईले संगठनमा नवप्रवेशीहरूलाई सदस्यता प्रमाण पत्र प्रदान गरि स्वागत गर्नुभएको थियो।