• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

युद्धविरामसँगै गाजामा ‘रफाह नाका’ आवतजावतको लागि खोलिँदै


  •   सोमबार, माघ १९, २०८२ मा प्रकाशित
  • काइरो, १९ माघ । इजिप्टसँग जोडिएको गाजाको एकमात्र प्रमुख नाका ‘रफाह’ सीमित आवागमनका साथ सोमबारदेखि पुनः सञ्चालन हुने तयारीमा रहेको छ । दुई वर्षभन्दा बढी समयदेखि युद्ध र नाकाबन्दीको मारमा परेका गाजावासीहरूले आइतबार आशा र अधैर्यका साथ नाका पुनः खोल्ने तयारी अवलोकन गरेका छन् । इजरायलले हमाससँग भएको युद्धविराम कार्यान्वयनको प्रक्रियासँगै रफाह नाका पुनः खोलिने जनाएको हो ।

    Advertisement

    इजरायली अधिकारीहरूका अनुसार प्रारम्भिक चरणमा अत्यन्तै सीमित सङ्ख्यामा मानिसहरूलाई मात्र आवतजावतको अनुमति दिइनेछ । खान युनिसकी बासिन्दा घालिया अबु मुस्तफाले नाका खुल्नु सकारात्मक कदम भए पनि पार गर्न दिइने मानिसको सङ्ख्या सीमित हुनु गम्भीर समस्या भएको बताउनुभयो ।

    इजरायलले नाका परीक्षणका रूपमा आंशिक रूपमा खोलिएको र सोमबारदेखि बासिन्दाहरूलाई पार गर्न अनुमति दिइने जनाएको छ । तर सुरुमा थोरै मानिसहरूलाई मात्र आवागमनको अनुमति हुनेछ । रफाहकी विस्थापित बासिन्दा सुहाइला अल–अस्तालले गम्भीर बिरामी छोरीलाई उपचारका लागि विदेश लैजान आवश्यक रहेको भन्दै नाका स्थायी रूपमा खुल्नुपर्ने माग गर्नुभयो ।

    इजरायलको यो घोषणा युद्धविराम सुरु भएपछि भएको सबैभन्दा ठूलो हवाई आक्रमणको एक दिनपछि आएको हो । शनिबार भएको इजरायली आक्रमणमा बालबालिकासहित कम्तीमा ३० जना प्यालेस्टिनी मारिएका थिए । इजरायलले हमासले युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ ।

    यसैबीच, गाजाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा गठन गरिएको नयाँ ‘शान्ति बोर्ड’ का प्रमुख निकोले म्लादेनोभले सबै पक्षलाई संयम अपनाउन आग्रह गर्नुभयो । उहाँले गाजा प्रशासनका लागि चयन गरिएको नयाँ प्यालेस्टिनी समितिसँग मिलेर भविष्यमा यस्ता घटना रोक्ने उपाय खोजिरहेको बताउनुभएको छ ।

    प्रारम्भिक चरणमा दैनिक सीमित आवतजावत

    इजरायलले सन् २०२४ मेमा नियन्त्रणमा लिएपछि रफाह नाका प्रायः बन्द रहँदै आएको छ । हाल करिब २० हजार बिरामी प्यालेस्टिनी उपचारका लागि गाजा बाहिर जान पर्खिरहेका छन् भने युद्धका कारण बाहिर गएका हजारौँ मानिस स्वदेश फर्कन चाहिरहेका छन् ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका अनुसार प्रारम्भिक चरणमा दैनिक ५० जना गम्भीर बिरामीलाई उपचारका लागि बाहिर जान अनुमति दिइनेछ । प्रत्येक बिरामीसँग दुई जना आफन्त जान पाउनेछन् । साथै, युद्धका क्रममा गाजाबाट बाहिर गएका ५० जनालाई दैनिक फर्कन अनुमति दिइनेछ ।

    तर गाजा स्वास्थ्य मन्त्रालयका अधिकारी जाहर अल–वाहिदीले हालसम्म औपचारिक रूपमा चिकित्सकीय निकासी सुरु हुने सूचना नपाएको बताएका छन् ।

    इजरायल र इजिप्टले नाका पार गर्ने व्यक्तिहरूको सुरक्षा जाँच गर्नेछन् भने युरोपेली सङ्घका सीमा सुरक्षा अधिकारीहरूले प्रक्रियाको निगरानी गर्नेछन् । प्रणाली सफल भएमा यात्रुहरूको संख्या क्रमशः बढाइने बताइएको छ ।

    इजरायलले हालसम्म दुई दर्जनभन्दा बढी मानवीय संस्थालाई नयाँ नियम नमान्दा गाजामा काम गर्न प्रतिबन्ध लगाइसकेको छ । इजरायलले ती नियम हमासजस्ता सशस्त्र समूहहरू सहायता संस्थामा घुसपैठ रोक्नका लागि आवश्यक भएको दाबी गर्दै आएको छ । तर सहायता संस्थाहरूले यी प्रतिबन्धले गम्भीर मानवीय संकट झनै गहिरिने चेतावनी दिएका छन् ।

    युद्धविराम र आगामी चरण

    रफाह नाका युद्धअघि गाजाको मुख्य आवागमन मार्ग थियो । हाल युद्धविरामले सन् २०२३ अक्टोबर ७ मा सुरु भएको दुई वर्षभन्दा लामो इजरायल–हमास युद्ध रोकेको छ । उक्त हमलामा इजरायलमा करिब एक हजार २०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो ।

    गाजा स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली प्रतिकारात्मक आक्रमणमा हालसम्म ७१ हजार ७९५ प्यालेस्टिनी मारिएका छन् । युद्धविरामको पहिलो चरणमा बन्धक र कैदी साटासाट, मानवीय सहायता वृद्धि तथा इजरायली सेना आंशिक रूपमा फिर्ता हुने व्यवस्था गरिएको छ ।

    दोस्रो चरण अझ जटिल मानिएको छ, जसमा गाजाको शासनका लागि नयाँ प्यालेस्टिनी समिति, अन्तर्राष्ट्रिय सुरक्षा बलको तैनाथी, हमासको निशस्त्रीकरण र पुनर्निर्माण प्रक्रिया सुरु गर्ने विषय समावेश छन् ।

    सोमबार, माघ १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.