• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

जनताले नै देश बचाउन सक्छन् भन्ने मनसायका साथ राजमो चुनावमा भाग लिँदैछ : शर्मा


  •   शनिबार, माघ १७, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार आनन्द शर्माले जनताले नै देश बचाउन सक्छन् भन्ने मनसायका साथ आफ्नो पार्टी आमचुनावमा भाग लिएको दाबी गर्नुभएको छ ।

    Advertisement

    राजमो काठमाडौँद्वारा २०८२ माघ १७ गते शनिबार आयोजित निर्वाचनकेन्द्रित भेलालाई सम्बोधन गर्दै उहाँले सो अभिव्यक्ति दिनुभएको हो ।

    देशमा गणतन्त्र र धर्मनिरपेक्षतासँगै राष्ट्रियतासमेत गम्भीर अवस्थामा पुगेको उहाँको भनाइ थियो ।

    ‘देश भावी पिँढीलाई यथास्थितिमा बुझाउन सक्छौँ कि सक्दैनौँ भन्ने धरमरमाझ चुनाव हुन गइरहेको छ’ उहाँले भन्नुभयो– ‘हामी नेपाली जनताले नै देश बचाउन सक्छन् भन्ने मनसायका साथ चुनावमा भाग लिइरहेका छौँ ।’

    देशमा साम्राज्यवादी हस्तक्षेप बढ्दै गइरहेको बताउँदै उहाँले जनताको सङ्घर्षको बलमा मात्रै देशको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डता बचाउन सकिने अवस्था रहेको बताउनुभयो ।

    गणतन्त्र र भ्रष्टाचार

    फरक प्रसङ्गमा उहाँले गणतन्त्रलाई भ्रष्टाचारसँग जोडेर बद्नाम गर्ने प्रयास भइरहेको बताउनुभयो ।

    ‘कतिपयले गणतन्त्र र भ्रष्टाचारलाई एकार्काको पर्यायवाची बताइरहेका छन्’ उहाँले भन्नुभयो– ‘तर गणतन्त्र रहेन भने देश दशकौँ पछि जानेछ र प्रतिगामी व्यवस्था कायम हुनेछ ।’

    भ्रष्टाचार देशको गम्भीर रोग भएको बताउँदै उहाँले त्यसलाई उन्मूलन गरेर मात्रै गणतन्त्रको संस्थागत विकास हुन सक्ने धारणा राख्नुभयो ।
    मन्तव्यको क्रममा उहाँले राजमो मात्रै निष्कलङ्क पार्टी रहेको दाबी गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘यदि देशमा भ्रष्टाचारसँग कतै पनि नजोडिएको कुनै पार्टी छ भने त्यो राष्ट्रिय जनमोर्चा मात्रै हो ।’

    २०५१ सालदेखि लगातार संसद्मा रहेर राजमोका कुनै पनि प्रतिनिधि भ्रष्टाचारमा नजोडिएको उहाँको भनाइ थियो ।

    ‘नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाले सही र क्रान्तिकारी राजनीति बोकेकै कारण यसका जनप्रतिनिधि भ्रष्टाचारबाट अछुतो रहन सकेका हुन्’ उहाँको भनाइ थियो ।

    जेनजीको नाममा विध्वंस

    मन्तव्यको क्रममा नेता शर्माले जेनजीको नाममा इतिहासमै नगरिएको विध्वंस गत भदौ २४ गते भएको ठहर उहाँको थियो ।

    रुसको उदाहरण दिँदै उहाँले भन्नुभयो– ‘अक्टोबर क्रान्तिका बेला बोल्सेभिकले क्रेमलिन दरबार ध्वस्त गर्न सक्दथे तर लेनिन र त्यहाँका कम्युनिस्ट पार्टीको सही नीतिका कारण त्यसो गरिएन ।’

    उहाँले २००७ सालको राजनीतिक परिवर्तनमा, २०४६ सालको राजनीतिक परिवर्तनमा र दश वर्षे माओवादी युद्धको बेलामा समेत अहिलेको जस्तो ध्वंस नभएको धारणा व्यक्त गर्नुभयो ।

    जेनजीको सही मागलाई साम्राज्यवादीले हाइज्याक गरेकै कारण उक्त विध्वंस भएको र त्यसको फलस्वरूप संवैधानिक रूपमा संसदबाहिरबाट प्रधानमन्त्री गठन तथा संसद् विघटन भएको उहाँले स्पष्ट पार्नुभयो ।

    उहाँले जेनजी घटनाका लागि दोषीमाथि निष्पक्ष छानबिन गरेर दोषीउपर कारबाही गरिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    शनिबार, माघ १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.