• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

राष्ट्रिय जनमोर्चाका अध्यक्ष कामरेड चित्रबहादुर केसीको अपिल


  •   बिहिबार, माघ १५, २०८२ मा प्रकाशित
  • यही २०८२ सालको फागुन २१ गते हुने चुनावका लागि नेपालका ४२ जिल्लाका ७० निर्वाचन क्षेत्रमा राष्ट्रिय जनमोर्चाका ७० उम्मेदवारहरू चुनावमा उठ्नु भएको छ । त्यो बाहेक समानुपातिकतर्फ राजमोका ११० उम्मेदवारहरू उठ्नु भएको छ । उहाँहरू सबैलाई आफ्‌नो महत्वपूर्ण मत दिएर विजयी बनाउनको लागि राष्ट्रिय जनमोर्चाले सम्पूर्ण मतदातासित अपिल गर्दछ ।

    Advertisement

    सर्वप्रथमता हामीले यो स्पष्ट गर्न चाहन्छौँ कि यो चुनाव जनतामाथि लादिएको अनावश्यक चुनाव हो । यो चुनावपछि पनि देशमा कुनै खास परिवर्तन आउने छैन । संसदमा व्यक्तिहरू बदलिन सक्दछन्, तर व्यवस्था वा जनताको अवस्थामा कुनै परिवर्तन नहुने कुरा स्पष्ट छ । त्यो अवस्थामा यो चुनाव किन हुँदैछ ? त्यो गम्भीर र रहस्यमय प्रश्न पनि हो । यो चुनाव सम्पन्न गर्नका लागि पहिले प्रतिनिधिसभाको विघटन गरियो । प्रतिनिधिसभाको त्यस प्रकारको विघटनको लागि कुनै वैज्ञानिक आधार थिएन । त्यस सन्दर्भमा यो विषय पनि उठाउन सकिन्छ कि अहिलेको चुनाव गराउनका लागि करिब २९ अरब रूपैयाँ खर्च भएको छ वा हुँदैछ । पहिले जेनजी आन्दोलनको दौरानमा भएका तोडफोड, आगलागी र ध्वंसात्मक कार्यहरूबाट सरकारी र नीजि क्षेत्रमा गरी करिब ८४ अरब ४५ करोड रुपैयाँको नोक्सानी भयो । यो प्रश्न उठाउने ठाउँ छ, पहिलेका सांसदहरूको ठाउँमा केही नयाँ सांसदहरू बनाउन वा कुनै खास व्यक्तिलाई प्रधानमन्त्री बनाउनका लागि नै देशमा त्यति धेरै ध्वंसात्मक कार्यहरू गरिएका वा त्यति ठुलो रकम खर्च गरिएको ता होइन ? सायद इतिहासले त्यो प्रश्नको जबाफ खोज्ने छ वा दिनेछ । जे भए पनि अहिले चुनाव हुँदैछ, त्यो अवस्थामा नयाँ प्रकारले चुनावमा भाग लिनु हाम्रा लागि आवश्यक हुन गएको छ ।

    वर्तमान व्यवस्थाअन्तर्गत हुने संसदीय चुनावबाट विद्यमान व्यवस्था वा जनताको अवस्थामा कुनै खास परिवर्तन नहुने कुरा निश्चित छ । त्यसका लागि देशमा नयाँ जनवादी व्यवस्था कायम हुनु आवश्यक छ । त्यही पनि संसदमा सही व्यक्तिहरू निर्वाचित हुन सकेमा उनीहरूले देश र जनताका हितमा आवाज उठाउन सक्ने छन् र त्यसबाट देश र जनताको हितमा केही न केही मदत पुग्ने छ भन्ने आशा गर्न सकिन्छ । त्यही आशाका साथ हाम्रो पार्टीले चुनावमा भाग लिँदै छ ।

    इतिहासबाट यो कुरा प्रमाणित भइसकेको छ र आम जनतालाई पनि यो कुरा थाहा भइसकेको छ कि राष्ट्रिय जनमोर्चा देशको एउटा यस्तो पार्टी हो जसले आफ्‌नो इतिहास कालमा कहिल्यै कुनै प्रकारको आर्थिक अनियमितता वा भ्रष्टाचार गर्ने काम गरेको छैन । त्यसका नेताहरू सरकारमा गएको बेलामा, लेखा समितिको सभापति जस्तो उच्च पदमा गएको बेलामा वा सांसदमा चुनिएको बेलामा पनि कहिल्यै आर्थिक अनियमितता गर्ने, भ्रष्टाचार गर्ने वा दलबदल गर्ने जस्ता कुनै कार्य गरेका छैनन् । नेपालमा सरकारको उच्च तहदेखि सांसदहरूले पनि व्यापक रूपमा विभिन्न प्रकारका आर्थिक अनियमितता र भ्रष्टाचार गर्ने गरेको पृष्ठभूमिमा राष्ट्रिय जनमोर्चाका सरकार, लेखा समितिको उच्च पद वा सांसदहरूमा चुनिएको बेलामा पनि बिना अपवाद कसैले पनि कुनै प्रकारको आर्थिक अनियमितता वा भ्रष्टाचार नगर्नु साधारण कुरा होइन । राजमोको सुरुदेखि नै सिद्धान्तनिष्ठ सङ्गठनात्मक प्रणाली र चरित्रका कारणले नै त्यस्तो हुन गएको हो । अहिले नेपालको राजनीतिमा सिद्धान्त वा विचारलाई छाडेर व्यक्तिगत फाइदा वा पदलाई नै सबैभन्दा माथि राखेर काम गर्ने जुन प्रकारको भ्रष्ट मानसिकता तयार भएको छ त्योभन्दा बेग्लै र उच्च सैद्धान्तिक धरातलमा नै राजमोको निर्माण भएको हुनाले नै हाम्रो पार्टी कहिल्यै कुनै प्रकारको आर्थिक अनियमितता वा भ्रष्टाचारमा संलग्न हुने गरेको छैन र आगामी दिनहरूमा पनि हाम्रो पार्टीले सिद्धान्तनिष्ठ भएर देश र जनताप्रति आफ्‌नो जिम्मेवारी पूरा गर्ने छ भन्ने कुराको हामीले सबैलाई विश्वास दिलाउन चाहन्छौँ ।

    अहिले सम्पूर्ण देश भ्रष्टाचारमय भएको छ भने पनि सायद फरक पर्ने छैन । भ्रष्ट राजनीतिक तत्वहरू नै बारम्बार सांसदमा चुनिने र त्यही प्रकारका भ्रष्ट तत्वहरूको बाहुल्यता भएको सरकारको गठन हुने गरेकाले नै देश भ्रष्टाचारमय बन्न पुगेको छ र देशको विकास पनि पछाडि परेको छ । त्यसकारण त्यस प्रकारको भ्रष्टाचारको निरन्तरतालाई तोडेपछि नै देशमा सुशासन कायम हुन सक्नेछ र देशको विकास पनि हुन सक्ने छ । त्यसका लागि भ्रष्टाचारमा संलग्न व्यक्तिहरू होइन, कुनै पनि प्रकारको भ्रष्टाचारमा नमुछिएको पार्टीका स्वच्छ र निष्कलङ्क छवि भएका व्यक्तिहरू नै संसदमा निर्वाचित हुनु आवश्यक छ । राष्ट्रिय जनमोर्चा नै त्यस प्रकारको कुनै पनि भ्रष्टाचारमा नमुछिएको र निष्कलङ्क छवि भएको पार्टी हो र अहिलेसम्म त्यसका कुनै पनि सांसदमा त्यस प्रकारको दाग लागेको छैन । त्यो अवस्थामा राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरू ठुलो सङ्ख्यामा प्रतिनिधिसभामा चुनिएर गएपछि नै भ्रष्टाचारमाथि नियन्त्रण गर्नु सम्भव हुने छ र देशको विकास हुन सक्नेछ ।

    अहिले देशमा एकातिर प्रतिगमनको गम्भीर खतरा छ भने अर्कातिर साम्राज्यवादको पनि खतरा बढ्दै गइरहेको छ । त्यसरी देशमा गणतन्त्र र राष्ट्रियता दुवैका विरुद्ध गम्भीर खतरा बढ्दै गइरहेको छ । राजमोले सधैँ प्रतिगमन र साम्राज्यवादको खतराका विरुद्ध लगातार, दृढतापूर्वक र सम्झौताहीन प्रकारले आवाज उठाउँदै र सङ्घर्ष गर्दै आएको छ । त्यसकारण गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि पनि राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरूलाई जिताउनु आवश्यक हुन गएको छ । सङ्घीयता पनि देशको लागि गम्भीर प्रकारको अभिशाप बन्न गएको छ । त्यसबाट राष्ट्रिय विखण्डन हुने तथा क्षेत्रीय र जातीय विग्रह पैदा हुने सम्भावना छ । त्यसमा खर्च भइरहेको अनावश्यक र ठुलो धनराशिका कारणले पनि देशको विकास कुण्ठित भइरहेको छ । सङ्घीयतामा भइरहेको त्यस प्रकारको खर्चमा कटौती गर्ने हो भने शिक्षा र स्वास्थ्यलाई पूरै निःशुल्क बनाउन सकिनेछ भने देशको विकासमा पनि धेरै मद्दत पुग्ने छ ।

    अहिले देशको राजनीतिमा पुराना राजनीतिक पार्टी वा नेताहरू भ्रष्ट भए र अब उनीहरूको नेतृत्वमा देशको विकास हुन सक्दैन भनेर कतिपय नयाँ पार्टीहरू अगाडि आइरहेका छन् र उनीहरूसित सम्बन्धित कतिपय व्यक्तिहरू रातारात राष्ट्रिय नेता बनिरहेका छन् । उनीहरूको देश र जनताको सेवाको कुनै पनि इतिहास रहेको छैन । उनीहरू वास्तवमा कति इमानदार छन् ? उनीहरू देश र जनताको सेवामा कतिसम्म प्रतिबद्ध रहन सक्ने छन् ? त्यो कुरा उनीहरू लामो परीक्षा र इतिहासका बिचबाट गएपछि नै थाहा हुने कुरा हो । बिना त्यस प्रकारको कुनै इतिहास, पृष्ठभूमि वा परीक्षा उनीहरूमाथि विश्वास गर्दा देश र जनतामाथि धेरै धोका पनि हुन सक्दछ । खास गरेर अहिले विभिन्न साम्राज्यवादी शक्तिहरूले नेपाललाई आफ्‌ना विभिन्न प्रकारका साम्राज्यवादी स्वार्थ वा युद्धहरू समेतका लागि प्रयोग गर्न योजनाबद्ध प्रकारले काम गरिरहेको र त्यसका लागि नेपालमा उनीहरूका लागि काम गर्ने एजेन्सी वा विभिन्न तहमा सामाजिक सञ्जालको समेत निर्माण गरिरहेको पृष्ठभूमिमा बिना कुनै राजनीतिक पृष्ठभूमि वा इतिहास नभएका पार्टी वा व्यक्तिहरूमाथि विश्वास गर्नु देशको लागि गम्भीर प्रकारले घात पनि हुन सक्दछ । त्यसबारे पनि हामीले जनतालाई सतर्क गराउन चाहन्छौँ ।

    विभिन्न गलत वा भ्रष्ट तत्वहरूले स्वयं जनतालाई पनि भ्रष्ट बनाएर चुनाव जित्न चाहन्छन् । उनीहरूले ठुलो पैमानामा जनतामा पैसा बाँडेर चुनावमा विजयी प्राप्त गर्न चाहन्छन् । जनताले यो बुझ्नुपर्दछ कि जसले पैसा बा“डेर वा भ्रष्टाचारका बलमा चुनाव जित्न कोसिस गर्दछन्, उनीहरूले सांसद भएपछि वा सरकार बनाएपछि पनि देशलाई अरू भ्रष्टाचारमा नै लैजानेछन् । त्यसको परिणाम स्वरूप देशमा कुशासनको निरन्तरता रहिरहनेछ र देशको विकास हुन सक्ने छैन । त्यसरी कुनै पार्टी वा उम्मेदवारबाट पैसा लिएर भोट दिने कार्य आत्मघाती नै हुने छ र त्यसबाट देश र जनताका हितमा कुठाराघात नै पुग्ने छ । त्यसैले त्यस प्रकारका भ्रष्ट राजनीतिक तत्वहरूबाट सतर्क हुन र उनीहरूलाई अस्वीकार गर्न हामीले जनतासित अपिल गर्दछौँ ।

    अन्त्यमा, हामीले राष्ट्रिय जनमोर्चाका समानुपातिक र प्रत्यक्षतर्फका उम्मेदवारहरूलाई भारी मत दिएर विजय बनाउनका लागि सम्पूर्ण मतदाताहरूसित अपिल गर्दछौँ ।

    बिहिबार, माघ १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.