• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

राजनीतिक पृष्ठभूमि नभएका व्यक्तिहरू सांसद बने र सरकारमा पुगे देशमा कैयौँ गुणा बढी भ्रष्ट हुने मसालको ठहर

"राष्ट्रिय जनमोर्चाका प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूलाई जिताउन अपील "

  •   बुधबार, माघ १४, २०८२ मा प्रकाशित
  • काठमाडौँ । देश सेवा वा राजनीतिक पृष्ठभूमि नभएका व्यक्तिहरू नै सांसद बन्न पुगे वा उनीहरू नै सरकारमा पुगे भने देश झन कैयौँ गुणा बढी भ्रष्ट हुने र देशको दुर्गति हुने कुरामा कुनै शङ्का नरहेको मसालले ठहर गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (मसाल)को यही २०८२ माघ १३ गते बसेको पीवीको बैठकले सो राजनीतिक विश्लेषण गरेको हो । पार्टीको सो विश्लेषण महामन्त्री मोहनविक्रम सिंहद्वारा माघ १४ गते जारी वक्तव्यमार्फत सार्वजनिक गरिएको हो ।

    Advertisement

    ‘चुनावको मुखमा कैयौँ पार्टी बन्दछन् र उनीहरूले चुनावलाई आफ्नो क्यारिएर बनाउने एउटा माध्यम ठान्दछन् । वास्तवमा चुनाव वा राजनीति कुनै व्यक्तिगत पेसा होइन र हुनुहुन्न र त्यो देशको सेवाको एउटा माध्यम बन्नुपर्दछ ।’ वक्तव्यमा अगाडि लेखिएको छ– ‘तर अहिले राजनीतिसित कुनै पनि प्रकारको सम्बन्ध नभएका विभिन्न प्रकारको व्यक्तिगत पेसा, जागिर, विभिन्न एनजिओ, आइएनजिओ र खुला रूपले साम्राज्यवादको सेवामा लागेका व्यक्तिहरूले पनि पार्टी खोलेर वा पार्टीमा सामेल भएर देश सेवाको अभिनय गर्न थालेको पाइन्छ । त्यस प्रकारको कुनै देश सेवा वा राजनीतिक पृष्ठभूमि नभएका व्यक्तिहरू नै सांसद बन्न पुगे वा उनीहरू नै सरकारमा पुगे भने देश झन कैयौँ गुणा बढी भ्रष्ट हुने र देशको दुर्गति हुने कुरामा कुनै शङ्का छैन ।’

    ‘पहिले चुनावहरूमा देशभित्रको एउटा वा अर्को राजनीतिक शक्तिका विरुद्ध वा राष्ट्रिय रूपमा देखापरेको कुनै खतराका विरुद्ध नै सङ्घर्ष गर्नुपरेको हुन्थ्यो ।’ मसालद्वारा जारी वक्तव्यमा लेखिएको छ– ‘अहिलेको चुनाव मुख्य रूपले विदेशी साम्राज्यवादी शक्तिहरू वा उनीहरूका पक्षमा काम गरिरहेका एक वा अर्को पात्रहरूका विरुद्ध नै मुख्य सङ्घर्ष गर्नु परिरहेको छ । त्यसरी, अहिलेको चुनावमा मुख्य प्रतिस्पर्धा देशीय प्रतिगमनका साथै साम्राज्यवादका विरुद्ध नै हुने भएको छ ।’

    ‘जबसम्म चुनावमा भ्रष्टाचारको त्यस प्रकारको सिलसिला चलिरहनेछ देशमा स“धै भ्रष्टाचार र कुशासन कायम भइरहनेछ ।’ वक्तव्यमा लेखिएको छ– ‘त्यो कारणले देशको विकास पनि सम्भव हुने छैन । त्यसकारण देशको विकासका लागि भ्रष्टाचारलाई पूरै अन्त गर्नुपर्ने आवश्यकता छ र त्यो कार्यको प्रारम्भ राजनीतिबाट र चुनावबाट नै हुनुपर्दछ ।’

    ‘कतिपय राजनीतिक नेताहरूले देश वा जनताको सेवाको लागि राजनीतिक पार्टीमा लाग्नुको सट्टा त्यसलाई व्यक्तिगत फाइदाको एउटा माध्यमजस्तै बनाउँदै लगे । त्यसले गर्दा राजनीतिमा पार्टीहरूप्रति जनताको वितृष्णा बढ्दै गयो ।’ मसालको उक्त वक्तव्यमा लेखिएको छ–  ‘त्यसको अर्को नकारात्मक परिणाम यो भयो कि अन्य कैयौँ मानिसले पनि देश सेवा वा समाजको सेवाका लागि होइन, व्यक्तिगत फाइदाका लागि एउटा पेसाको रूपमा राजनीति वा राजनीतिक पार्टीलाई उपयोग गर्न थाले । पछि उनीहरूले पनि नयाँनयाँ राजनीतिक पार्टीहरू बनाएर वा राजनीतिक पार्टीहरूमा प्रवेश गरेर सत्तामा पुग्ने प्रयत्न गर्न थालेका छन् । यसरी देशमा राजनीति वा पार्टीलाई अत्यन्त गलत र विकृत रूपमा प्रयोग गर्न थालिएको छ ।’

    ‘चुनावको मुखमा कैयौँ पार्टी बन्दछन् र उनीहरूले चुनावलाई आफ्नो क्यारिएर बनाउने एउटा माध्यम ठान्दछन् । वास्तवमा चुनाव वा राजनीति कुनै व्यक्तिगत पेसा होइन र हुनुहुन्न र त्यो देशको सेवाको एउटा माध्यम बन्नुपर्दछ ।’ वक्तव्यमा अगाडि लेखिएको छ– ‘तर अहिले राजनीतिसित कुनै पनि प्रकारको सम्बन्ध नभएका विभिन्न प्रकारको व्यक्तिगत पेसा, जागिर, विभिन्न एनजिओ, आइएनजिओ र खुला रूपले साम्राज्यवादको सेवामा लागेका व्यक्तिहरूले पनि पार्टी खोलेर वा पार्टीमा सामेल भएर देश सेवाको अभिनय गर्न थालेको पाइन्छ । त्यस प्रकारको कुनै देश सेवा वा राजनीतिक पृष्ठभूमि नभएका व्यक्तिहरू नै सांसद बन्न पुगे वा उनीहरू नै सरकारमा पुगे भने देश झन कैयौ“ गुणा बढी भ्रष्ट हुने र देशको दुर्गति हुने कुरामा कुनै शङ्का छैन ।’

    वक्तव्यमा गणतन्त्र, धर्मनिरपेक्षता र बहुदलीय व्यवस्था तथा राष्ट्रियता, सार्वभौमिकता र अखण्डता समेतको रक्षाका लागि राजमोका उम्मेद्वारहरूलाई नै विजय बनाउन राष्ट्रिय आवश्यकता भएको छ । त्यसैले राजमोका उम्मेद्वारहरूलाई विजय बनाउन सम्पूर्ण जनतासित अपील गरिएको छ ।

    वक्तव्यको पूर्ण पाठ तल प्रस्तुत :

    “ने.क.पा. (मसाल)को यही २०८२ माघ १३ गते बसेको पीवीको बैठकले आगामी चुनावबारे राष्ट्रिय जनमोर्चाका प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूलाई जिताउनका लागि निम्नलिखित प्रकारको अपील जारी गरेको छ ।

    १. अहिलेको देशको स्थिति अत्यन्त गम्भीर र सङ्कटग्रस्त छ । आज एकातिर प्रतिगामी, राजनीतिक शक्तिहरूका कारणले देशमा गणतन्त्र, धर्मनिरपेक्षता र बहुदलीय व्यवस्थामा गम्भीर खतरा उत्पन्न भएको छ भने, अर्कातिर विभिन्न साम्राज्यवादी शक्तिहरूको बढ्दो हस्तक्षेप, अतिक्रमण र घुसपैठ समेतका कारणले देशको राष्ट्रियता र सार्वभौमिकतामा गम्भीर प्रकारको सङ्कटको स्थिति उत्पन्न भएको छ । त्यस सन्दर्भमा एउटा अर्को पक्षतिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । पहिले चुनावहरूमा देशभित्रको एउटा वा अर्को राजनीतिक शक्तिका विरुद्ध वा राष्ट्रिय रूपमा देखापरेको कुनै खतराका विरुद्ध नै सङ्घर्ष गर्नुपरेको हुन्थ्यो । तर अहिले चुनावको स्वरूपमा एउटा महत्पूर्ण परिवर्तन भएको छ । त्यो परिवर्तन के हो भने अहिलेको चुनाव मुख्य रूपले विदेशी साम्राज्यवादी शक्तिहरू वा उनीहरूका पक्षमा काम गरिरहेका एक वा अर्को पात्रहरूका विरुद्ध नै मुख्य सङ्घर्ष गर्नु परिरहेको छ । त्यसरी, अहिलेको चुनावमा मुख्य प्रतिस्पर्धा देशीय प्रतिगमनका साथै साम्राज्यवादका विरुद्ध नै हुने भएको छ ।

    २. यो स्पष्ट छ र नेपालको इतिहासले बारम्बार यो कुरा प्रमाणित गर्दै आएको छ कि नेपालमा प्रतिगमन र साम्राज्यवादका बिरुद्ध सँधै दृढतापूर्वक र सम्झौताहीन प्रकारले सङ्घर्ष गर्दै आएको राजनीतिक पार्टी ने.क.पा. (मसाल) नै हो र त्यही प्रकारले राष्ट्रिय जनमोर्चाले पनि प्रतिगमन र साम्राज्यवादका विरुद्ध सँधै दृढतापूर्वक र सम्झौताहिन प्रकारले सङ्घर्ष गर्दै आएको छ । त्यसैले गणतन्त्र, धर्मनिरपेक्षता र बहुदलीय व्यवस्था तथा राष्ट्रियता, सार्वभौमिकता र अखण्डता समेतको रक्षाका लागि राजमोका उम्मेद्वारहरूलाई नै विजय बनाउन राष्ट्रिय आवश्यकता भएको छ । त्यसैले हामीले राजमोका उम्मेद्वारहरूलाई विजय बनाउन सम्पूर्ण जनतासित अपील गर्दछौँ ।

    ३. देशमा प्रतिगमन र साम्राज्यवादबाट गम्भीर खतरा त छदै छ त्यसका साथै स्वयम् गणतन्त्र, धर्मनिरपेक्षता र बहुदलीय व्यवस्थाका पक्षमा भएका कतिपय राजनीतिक शक्तिहरू वा उनीहरूका सरकारहरूबाट अपनाइएका भ्रष्ट र जनताप्रतिका गैरजिम्मेवार नीति वा क्रियाकलापहरूका कारणले पनि जनतामा व्यापक असन्तोष र निराशा देखापर्ने गरेको छ । त्यसको परिणामस्वरूप देशमा लोकप्रियतावादी सोचाइ धेरै नै बढेर गएको छ । लोकप्रियतावादी सोचाइ सरकारहरूका गलत नीति वा क्रियाकलापहरूबाट पैदा भएको नकारात्मक प्रकारको सोचाइ हो । त्यस प्रकारको लोकप्रियतावादी सोचाइबाट साम्राज्यवाद वा प्रतिगमन पक्षधर शक्तिहरूलाई आफ्नो जनआधार तयार पार्न धेरै नै मदत पुगेको छ । त्यो अवस्थामा देशमा गणतन्त्र र राष्ट्रियता समेतको रक्षाका लागि हामीले, एकातिर प्रतिगामी र साम्राज्यवादी शक्तिहरूका विरुद्ध उच्च प्रकारको जनचेतना र आन्दोलन उठाउन प्रयत्न गर्दै भ्रष्ट र गैरजिम्मेवार राजनीतिक शक्तिहरूका विरुद्ध पनि तीव्र प्रकारले भण्डाफोर गर्नुपर्ने आवश्यकता छ । त्यसैले नै देशमा प्रतिगमन र साम्राज्यवादबाट गणतन्त्र तथा राष्ट्रियता र सार्वभौमिकताको रक्षा गर्नु सम्भव हुने छ । त्यसका लागि चुनावमा गणतन्त्र वा राष्ट्रियताबारे सही नीति अपनाउदै आएको राष्ट्रिय जनमोर्चाका उम्मेद्वारहरूलाई विजय बनाउन राष्ट्रिय आवश्यकता भएको छ ।

    ४. नेपालमा चुनाव भ्रष्टाचारको केन्द्र नै बन्ने गरेको छ । जसले भ्रष्टाचार गरेर वा नाजायज तरिकाले ठुलो धनराशी जम्मा गर्दछन्, उनीहरूले नै चुनावको बेलामा ठुलो धनराशी खर्च गरेर भोटहरू किन्ने गर्दछन् र चुनावमा विजय प्राप्त गर्ने गर्दछन् । जबसम्म चुनावमा भ्रष्टाचारको त्यस प्रकारको सिलसिला चलिरहनेछ देशमा सँधै भ्रष्टाचार र कुशासन कायम भइरहनेछ र त्यो कारणले देशको विकास पनि सम्भव हुने छैन । त्यसकारण देशको विकासका लागि भ्रष्टाचारलाई पूरै अन्त गर्नुपर्ने आवश्यकता छ र त्यो कार्यको प्रारम्भ राजनीतिबाट र चुनावबाट नै हुनुपर्दछ । चुनावलाई भ्रष्टाचारमुक्त गराएपछि नै स्वच्छ र निसकलङ्क छवि भएका उम्मेद्वारहरूले चुनाव जित्नेछन् र त्यो अवस्थामा बन्ने सरकार पनि भ्रष्टाचार मुक्त हुने छ । त्यसका लागि भ्रष्टाचारमा कहिल्यै नमुछिएको राजनीतिक पार्टी वा त्यही प्रकारका उम्मेदवारहरूलाई नै चुनावमा विजय बनाउनुपर्दछ ।

    ५. यो कुरा आम रूपमा थाहा भएको कुरा हो कि राजमो नै यस्तो पार्टी हो, जो कहिल्यै पनि भ्रष्टाचारमा मुछिने गरेको छैन । त्यसका नेताहरू चाहे सरकारको उच्च पदमा पुगेको बेला होस् वा सांसद भएको बेलामा नै होस्, कहिल्यै पनि भ्रष्टाचार वा कुनैपनि प्रकारको आर्थिक अनियमिततामा मुछिने गरेका छैनन् । देशमा भ्रष्टाचारलाई समाप्त गर्नका लागि कहिल्यै भ्रष्टाचारमा नमुछिएको राजनीतिक पार्टी वा त्यसका त्यही प्रकारका उम्मेदवारहरूलाई विजय बनाउनु निर्णायत्मक महत्वको कुरा बन्न गएको छ ।

    ६. कतिपय व्यक्तिहरूले चुनावलाई व्यक्तिगत पेसा वा जागिरजस्तो बनाउन थालेका छन् । सर्वप्रथम त्यस प्रकारको विकृति राजनीतिक पार्टीहरूबाट नै सुरु भयो । कतिपय राजनीतिक नेताहरूले देश वा जनताको सेवाको लागि राजनीतिक पार्टीमा लाग्नुको सट्टा त्यसलाई व्यक्तिगत फाइदाको एउटा माध्यमजस्तै बनाउँदै लगे । त्यसले गर्दा राजनीतिमा पार्टीहरूप्रति जनताको वितृष्णा बढ्दै गयो । त्यसको अर्को नकारात्मक परिणाम यो भयो कि अन्य कैयौँ मानिसले पनि देश सेवा वा समाजको सेवाका लागि होइन, व्यक्तिगत फाइदाका लागि एउटा पेसाको रूपमा राजनीति वा राजनीतिक पार्टीलाई उपयोग गर्न थाले । पहिले उनीहरूले राजनीतिक पार्टीलाई पूरो निषेध गरेर ‘स्वतन्त्र’को रूपमा राजनीतिमा प्रवेश गर्ने प्रयत्न गरे । पछि उनीहरूले पनि नया“नया“ राजनीतिक पार्टीहरू बनाएर वा राजनीतिक पार्टीहरूमा प्रवेश गरेर सत्तामा पुग्ने प्रयत्न गर्न थालेका छन् । यसरी देशमा राजनीति वा पार्टीलाई अत्यन्त गलत र विकृत रूपमा प्रयोग गर्न थालिएको छ ।

    ७. चुनावको मुखमा कैयौँ पार्टी बन्दछन् र उनीहरूले चुनावलाई आफ्नो क्यारिएर बनाउने एउटा माध्यम ठान्दछन् । वास्तवमा चुनाव वा राजनीति कुनै व्यक्तिगत पेसा होइन र हुनुहुन्न र त्यो देशको सेवाको एउटा माध्यम बन्नुपर्दछ । त्यसकारण देशको सेवाका लागि समर्पित र त्यस प्रकारको देशभक्ति र जनसेवाको लामो राजनीतिक पृष्ठभूमि भएका राजनीतिक नेता वा कार्यकर्ताहरू नै चुनावमा उम्मेद्वार बन्नु पर्छ, उनीहरू नै सांसदमा चुनिनु पर्छ र त्यस्ता व्यक्तिहरूको नै सरकार बन्नुपर्दछ । तर अहिले राजनीतिसित कुनै पनि प्रकारको सम्बन्ध नभएका विभिन्न प्रकारको व्यक्तिगत पेसा, जागिर, विभिन्न एनजिओ, आइएनजिओ र खुला रूपले साम्राज्यवादको सेवामा लागेका व्यक्तिहरूले पनि पार्टी खोलेर वा पार्टीमा सामेल भएर देश सेवाको अभिनय गर्न थालेको पाइन्छ । अहिले जब कि लामो राजनीति पृष्ठभूमि भएका नेताहरू पनि भ्रष्ट हुँदै गएका छन्, त्यस प्रकारको कुनै देश सेवा वा राजनीतिक पृष्ठभूमि नभएका व्यक्तिहरू नै सांसद बन्न पुगे वा उनीहरू नै सरकारमा पुगे भने देश झन कैयौँ गुणा बढी भ्रष्ट हुने र देशको दुर्गति हुने कुरामा कुनै शङ्का छैन । त्यसैले खाली एउटा पेसा वा जागिरको रूपमा राजनीतिमा आएका वा आफ्नो क्यारिएर बनाउन खोजेका व्यक्तिहरूप्रति जनतामा उच्च सतर्कताको आवश्यकता छ ।

    ८. अहिलेको चुनावमा कुनै खास अपवादको अवस्थामा बाहेक हामीले कुनै चुनावी तालमेल नगरेर एक्लै चुनावमा जाने निर्णय गरेका छौँ । त्यसको अर्थ हामीले गठबन्धन वा चुनावी तालमेललाई नीतिगत रूपा नै गलत ठानेका छौँ भन्ने  होइन । राष्ट्रिय रूपमा कसैस“ग चुनावी तालमेल गर्ने हाम्रो नीति भएपनि कुनै स्थान विशेषमा विश्वसनिय समझदारी कायम हुन सकेमा चुनावी तालमेल गर्ने हाम्रो नीति रहेको छ । त्यस अनुसार बागलुङमा नेपाली कम्युनिस्ट पार्टीसित हाम्रो चुनावी तालमेल भएको छ । त्यो बाहेक देशको अरू कुनै भागमा अन्य कुनै पक्षसित हाम्रो चुनावी तालमेल भएको छैन र चुनावभरि अन्य पक्षसित तालमेल नगर्ने हाम्रो स्पष्ट नीति रहेको छ । तर जहाँ हामीले चुनावी तालमेल गरेका छौँ, त्यहाँ इमानदारितापूर्वक नै त्यो तालमेललाई पालन गर्ने हाम्रो नीति हुने छ र अन्य पक्षसित पनि हामीले त्यही प्रकारको आशा गर्दछौँ ।

    ९. अन्तमा, हाम्रो पार्टीले पुनः राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरूलाई देशव्यापी रूपमा विजयी बनाउन सम्पूर्ण जनतासित अपील गर्दछौँ ।”

    बुधबार, माघ १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.