काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा पार्टी छोड्नेहरूको ओइरो नै लागिरहेको छ । एक दिन पहिला भारत प्रवासको संगठन एकता समाजबाट देवबहादुर अलगिएको समाचारको स्याही नसुक्दै अर्को दिन माघ १३ गते सो पार्टीले अर्को फुटको मार खेप्नु परेको हो ।
आफुहरूलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको पोलिटव्यूरो सदस्य बताउने भिम प्रसाद चापागाई, बालकृष्ण ओली र राम बहादुर चौधरीको नेतृत्वमा १९ जना केन्द्रीय सदस्य सहित ९८ जनाले सो पार्टी परित्याग गरेका हुन् ।
उनीहरूले संयुक्त वक्तव्य जारीगरी आफुहरू क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको विभिन्न जिम्मेवारीमा रहँदै आएता पनि उक्त पार्टी एथास्थितिवाद र संकृणवादमा फँसेकाले आफुहरू सो पार्टीमा रहिरहनु उपयुक्त नभएको बताएका छन् ।
सो पार्टी परित्याग गर्ने केन्द्रीय सदस्यमाः सुर्य तिमिल्सिना, शिव धिमाल, सुर्य भुजेल, धुर्व वली, नारायण पंगेनी, कृष्ण प्रसाद चापागाई, केशव सञ्ज्याल, विनय राना, विजय पराजुली, शंकरी शाही, रकेश ओली, नारायण अधिकारी, क्रान्ति पाण्डे, भरत सुवेदी, महेश प्रसाद चौधरी, सद्धे लामा, द्रोना जिसी रहेका छन् ।
त्यस्तै विभिन्न जिल्ला समितिका सदस्य तथा पदाधिकारीहरू गरि करिब ९८ जनाले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल परित्याग गरेको घोषणा गरेका छन् ।


