फरीदावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समितिको आयोजनामा आसन्न निर्वाचन फागुन २१लाई मध्य नजर गर्दै प्रचारात्मक भेला सम्पन्न भएको छ ।
क्षेत्रीय अध्यक्ष शालिकराम आचार्यको अध्यक्षता तथा विष्णु खनालको सञ्चालनबाट अगाडि बढेको सो भेलामा अखिल नेपाल किसान महासंघ (अफ्फा) का केन्द्रीय अध्यक्ष भैरवराज रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो ।
रेग्मीले सो सभालाई सम्बोधन गर्दै देशमा साम्राज्यवादी गतिविधि र हस्तक्षेप नाङ्गो रुपमा बढिरहेको बताउनु भयो । लोकतान्त्रिक शक्तिहरूको सुझबुझपूर्वक आफ्नो कार्यक्रमहरू अगाडि नबढाएमा वैकल्पिक भनिने शक्तिहरूले देशको अस्तित्व नै समाप्त पार्ने रेग्मीको भनाई थियो ।
‘नयाँ र वैकल्पिक भनिएका व्यक्तिहरू भ्रष्टाचार र विभिन्न प्रकारका मुद्धाहरू खेपिरहेका छन् ।’ रेग्मीले अगाडि भन्नुभयो– ‘सहकारीको रकम अपचलनको मुद्धा खेपिरहेका व्यक्तिहरूले सुशासनको नारा दिनु हास्यसपद हो ।’
त्यस्तै मूल प्रवाहका केन्द्रीय सल्लाहकार ठाकुर खनाल, अन्य अतिथिहरु केन्द्रीय उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सदस्य विक्रम सिंह राणा, बाबुराम बिस्ट, तिलक पाण्डे, राम बहादुर गौतम, अखिल भारत नेपाली विद्यार्थी संघ केन्द्रीय सचिव सरिता बिसी, साँस्कृतिक विभागबाट धर्म खनाल लगायतले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।
कार्यक्रममा सहभागिहरूलाई स्वागत चक्रसिंह केसीले स्वागत गर्नुभएको थियो ।

भेलाले शालिकराम आचार्यको संयोजकत्वमा प्रचारप्रसार र परिचालन समिति गठन गरेको छ । समितिमा ओम थापा, शिव केसी, बेल बहादुर रजाली, रामप्रसाद घिमिरे, विक्रमसिंह राणा, तिलक पाण्डे, काजीराम श्रेष्ठ, राम बहादुर थापा, रामप्रकाश शर्मा, टंक बहादुर थापा, मंगल सिंह खड्का, नारायण ज्ञवाली, रिम राना, झमन सिंह थापा, मिठु केसी, चक्र सिंह केसी, डोलराज शर्मा, सुरज गतराज, गोपाल भटराई, उमानन्द बञ्जाडे, रेशम विक, गोवर्धन विक, लक्ष्मी खडायत, पहल सिंह परियार, विष्णु विसी, समुन्द्र गौतम, दिनेश पन्थी, रोम पुन, कृष्ण कुँवर, राम बहादुर केसी, बाबुराम भुसाल, याम बहादुर नेपाली, मेघराज केसी, नारायण शर्मा, प्रेम अधिकारी, खगेश्वर शर्मा, प्रताप पाण्डे, देवराज पुन रहनुभएको छ ।
त्यसैगरि रामु धमला, मान सिंह जीसी, सुभाष गौतम, डिल बहादुर भट्टराई, जीवन शर्मा, मनिराम अधिकारी, गोपाल सुनार, जमनसिंह विक, भुवन भण्डारी, अमित्रा सुनार, कमल रायमाझी, धरम केसी, शिव थापा, घनश्याम कोइराला, प्रकाश गतराज, बल बहादुर विक, धर्म सुनार, नारायण शर्मा, धुर्व थापा, हिमलाल अधिकारी, जोगबहादुर आले, हुमलाल भण्डारी, कौसल सोनी, भोजराज, लाल बहादुर थापा, सुनिल थापा, एमपी हिताङ, बासुदेव खनाल, करण थापा, धर्म खनाल, किसन थापा, निरज पुन, विनोद रायमाझी, पदम भुजेल, हिमा भण्डारी, दिपा थापा, बाबुराम थापा, कविर विक, बुदराम, किसन विक, जंगबहादुर खाती, उमा केसी, मेघराज केसी, नारायण शर्मा, मिठु केसी र धुर्व शाह रहनुभएको छ ।