फरीदावाद, हरियाणा । क्रान्तिकारी कम्युनिस्ट पार्टीको भारत प्रवास संगठन अखिल भारत नेपाली एकता समाजमा फुट भएको छ । समाजका अध्यक्ष आनन्द थापा रहेका छन्, यो फुटसँगै पूर्व अध्यक्ष देव बहादुर लामिछानेले आनन्द थापालाई छोडेका छन् ।
आठौँ केन्द्रीय सम्मेलनपछिको प्रथम अखिल भारत भेलाको नाममा जनवरी २६, २०२६ का दिन सम्पन्न भेलाको उद्घाटन देव बहादुर लामिछाने स्वयम्ले गरेका थिए । भेलाले देव बहादुर लामिछानेको नेतृत्वमा ३३ पूर्ण, चार वैकल्पिक र ८ सल्लाहकार गरी ४५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । यो भेलासँगै अखिल भारत नेपाली एकता समाजमा फुट भएको हो ।
हामीले अखिल भारत नेपाली एकता समाजका महासचिव महेन्द्र बस्याललाई संगठनको फुटबारे जानकारी लिएको थियौँ । बस्यालका अनुसार ७ जुलाई २०२४ मा अखिल भारत नेपाली एकता समाज र अखिल भारत प्रवासी नेपाली एकता समाजबीच एकता भएको थियो । उक्त भेलाको सन्दर्भमा देव बहादुरले नेतृत्वमा बस्न नमानेको बस्यालले बताए ।

‘तर तीन वर्ष पछि देव बहादुरले आफूलाई आठौँ अखिल भारत सम्मेलनद्वारा निर्वाचित अध्यक्ष बताउँदै छुट्टै भेला गर्नु कहाँसम्मको हास्यास्पद हो आफै बुझ्नुस् ।’ बस्यालले भने– ‘देव बहादुरलाई एकता प्रक्रियाको सन्दर्भमा केन्द्रीय सदस्य राखिएको थियो, उहाँले गर्दै आएको विभिन्न प्रकारका संगठन विरोधी गतिविधिका कारण कारवाही गरेका थियौँ । हिंजो छुट्टै भेला गर्नुभएछ । देव बहादुर कस्ता मान्छे हुन् भन्ने हामीलाई थाहा छ । मान्छे भड्काउने, आफ्नो राजनीतिक करियर बनाउने कोशिस गर्ने र अरुलाई बाटोमा छोडदिने व्यक्ति हुन् उनी ।’





