• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

शिक्षक, सामाजिक अभियन्तादेखि प्रतिनिधिसभा उम्मेदवारसम्म पूर्णबहादुर


  •   सोमबार, माघ १२, २०८२ मा प्रकाशित
  • सुर्खेत। राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश अध्यक्ष पुर्णबहादुर शाहीले आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुर्खेत जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को चुनावी मैदानमा छन् ।

    Advertisement

    लामो समय शिक्षण पेशामा संग्लन शाही आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुर्खेत जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका नारायण कोइराला, नेपाल कम्युनिष्ट पार्टीका झकबहादुर मल्ल र नेकपा (एमाले)का कुलमणी देवकोटा र रास्वपाका रमेस सापकोटासँग प्रतिष्पर्धामा उत्रिएका छन् ।

    को हुन पूर्ण बहादुर ?

    विक्रम संवत २०१९ साल कार्तिक महिनाको ११ गते शनिबारका दिन पिता जगत बहादुर शाही र माता रघविना शाहीको कोखबाट पहिलोे सुपुत्रका रुपमा तत्कालीन कर्णाली अञ्चल जुम्ला जिल्ला रास्कोट दरा अर्न्तगत स्यूना गाउँ पञ्चायतको विजयपुर हाल कर्णाली प्रदेश कालीकोट जिल्ला रास्कोट नगरपालीकाको वडा नम्बर ५ विजयपुरमा जन्मिएका पूर्णबहादुर शाही हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ का स्थायी वासिन्दा हुन् । उनको राजनैतिक तथा सामाजिक जीवन यात्रा २०३६ सालको विद्यार्थी आन्दोलनवाट सुरुवात भएको पाइन्छ ।

    तत्कालिन निरङ्कुश पञ्चायती व्यवस्थाले संघ/सङ्गठन खोल्न पाउने अधिकारमाथि प्रतिवन्ध लगाइरहेको अवस्थामा उक्त अधिकारको वहालीका लागि स्व.वि.यु.ले अगाडि सारेको ६ सालको विद्यार्थी आन्दोलनबाट वाम राजनीतिप्रति प्रभावित भई पञ्चायती निरङ्कुशताका विरुद्ध होस् या गाउँघरमा हुने जालझेल षडयन्त्रका साथै जाँड–रक्सी, जुवा–तास जस्ता सामाजिक विकृति विसंगतीका विरुद्ध कलिलै उमेरमाा सामाजिक न्याय र समानताका पक्षमा आवाज उठाउन अग्रसर शाहीको प्रारम्भीक यात्रा त्यहीबाट सुरु भएको देखिन्छ ।

    वडीमालिका मावि रास्कोटबाट +२ पास गरी सुर्खेत क्याम्पस शिक्षामा स्नातकसम्मको अध्ययन कार्य सिमित राख्नु भएका शाहीले २०४३ सालको शिक्षा आयोगबाट स्थायी शिक्षकमा नाम निकाल्न सफल भई ३५ वर्ष शिक्षण पेशामा रहेका थिए । शाही शिक्षक पेशामा रहँदा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन हुँदै अखिल नेपाल शिक्षक संघ, शिक्षक युनियन, शिक्षा महासंघ सम्बन्ध पेशागत संगठनको नेतृत्वदायी भूमिका समेत निर्वाह गरेकाछन् । शिक्षकका पेशागत संगठन नेतृत्वदायी भूमिका निर्वाह गर्ने क्रममा पटक–पटकका शिक्षक आन्दोलनमा प्रहरी धरपकडको पनि शाहीले सामना गरेका थिए । शाहीले द्वन्दकालीन समयका माओवादी र राज्य पक्षको ज्यादतीको पनी कम्ती सामना गर्नु परेको थिएन ।

    रास्कोट जस्तो नाङ्गो ठाउँमा वृक्षारोपण गरी आत्मर्निभर वन्य प्रयासरत पिता जगत बहादुर शाही र ठूलो बुवा क्षेत्र बहादुर शाहीको प्रेरणाबाट प्रेरित भई त्यो कार्यलाई पूर्णता दिन मौलाकोट जुकान्या सामुदायिक वनको अवधारणा ल्याई जिल्ला वन कार्यालय कालिकोटसँग समन्वय गरी सामुदायिक वन ऐन नियमको परिधि भित्र रहनेगरी उक्त वन दर्ता गरी मैलाकोट जुकान्या सामुदायिक वन नामाकरण गरी उक्त वनमा वृक्षारोपणका लागि नर्सरी स्थापना गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । नर्सरीबाट विभिन्न प्रजातीका विरुवा उत्पादन गरी सामुदायिक वनको विस्तारमा उनले उल्लेख्य भूमिका निर्वाहरेको पाइन्छ ।

    स्थानीय सरोकारवाला जनताकै सहयोग वा उक्त वनको संरक्षण गर्न वन उपभोक्ता समितिको अध्यक्षमा रही लामो समय कामगरेका थिए । तत्कालिन माओवादी जनयुद्धका वेला राज्य पक्षले सुरक्षा वेश क्याम्पन स्थापना गरी उक्त वनलाई तहस नहस गर्ने सुरक्षाको कारण देखाई वन सखाप गर्ने षड्यन्यका विरुद्ध समेत आन्दोलन चलाई उक्त वन संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । तत्कालिन समयमा विरुवा कटान गर्ने कार्यलाई रोकथाम गर्न सफल भएकाले अहिले उक्त वन नमुनाको रुपमा अवस्थित रहेको छ ।

    पूर्व पञ्चहरूको गठजोडबाट २०४५ सालमा कालीकोट जिल्लाको नानीकोटदेखि रास्कोटको तुसार खोलासम्म लैफू–दुधुल्ली घोडेटो बाटोको नाम राखी उक्त बाटो खन्ने काममा रास्कोटका हजारौँ मजदुरले बाटो खन्ने काम गरेका थिए । पञ्चायती व्यवस्था ढलिसकेपछी उक्त परियोजना अलपत्र अवस्थामा रहन गइ काम गरेका मजदुरहरूको ज्याला समेत नपाउने अवस्था सृजना भएपछी स्थानिय दुई शिक्षक देवजंग शाहीको अगुवाइमा २०४७ साल साउन १६ गते मालिका प्रा.वि. कोलीगाउँमा उक्त परियोजनामा काम गरेका कामदारहरूकोे भेला गराई अस्थायी मजदुर संगठन गठन गरी मजदुरहरूका ज्याला भराई दिलाई दिने कार्यमा शाहीले महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

    कालिकोट जिल्लाको पताँता क्षेत्रलाई सुख्खा क्षेत्र घोषणा गर्नुका साथै चिसा–हिल्सा सडक आयोजनाका लागि हस्ताक्षर संकलन गरी काठमाडौँ संसद भवन पुर्‍याउने कार्यमा शाहीको सक्रिय सहभागिता रहेको थियो ।

    शिक्षण पेशाबाट निवृत भए पश्चात शाही नेपाल कम्युनिष्ट पार्टी (मसाल) को वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाको कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारीमा रहेका छन्। विगतमा भुमिगत अवस्थामा पनि विभिन्न संगठनहरूको जिम्मेवारी बहन गरेका शाहीले आगामी फागुन २१ मा हुने प्रतिनिधी सभा निर्वाचनमा सुर्खेत क्षेत्र नं २ बाट प्रतिनिधी सभा सदस्यकोे उम्मेदवारको रुपमा चुनावी मैदानमा उत्रिएका छन् ।

    आफ्‌नो उम्मेदवारी बारे बताउँदै शाहीले राष्ट्रिय जनमोर्चाले लामो समयदेखि राष्ट्र, राष्ट्रियता र लोकतन्त्रका सवालहरूलाई प्राथमिकताका साथ उठाउँदै आएको बताएका छन् । तर, हाल देश दिनानुदिन गम्भीर राष्ट्रिय संकटको मोडतर्फ अघि बढिरहेको उनको भनाइ छ ।

    उनका अनुसार लोकतन्त्र सम्बन्धी विषयहरू झन् जटिल बन्दै गएका छन् भने सत्तामा पुगेका राजनीतिक शक्तिहरूले आलोपालो सरकार चलाए पनि व्यक्तिगत र दलगत स्वार्थबाहेक राष्ट्रिय स्वार्थ र नेपाली जनताको हितलाई बेवास्ता गर्दै आएका छन् । यसकै परिणामस्वरूप देशमा व्यापक बेथिति, विकृति र विसंगति पैदा भइरहेको उनको ठम्याई छ ।

    पछिल्लो चरणमा साम्राज्यवादी शक्ति केन्द्रहरूले देशलाई कमजोर बनाउने, अस्थिरतामा धकेल्ने र एमसीसी परियोजना जस्ता राष्ट्रघाती सम्झौतामार्फत नेपाललाई रणमैदान बनाउने प्रयास गरिरहेको उनको दाबी छ ।

    पश्चिमी शक्तिहरूको दबाब र हस्तक्षेप बढ्दो क्रममा रहेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्न आवश्यक रहेको उनले बताए ।

    राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको रक्षा गर्ने उद्देश्यसहित आफूले राष्ट्रिय जनमोर्चाको तर्फबाट निर्वाचनमा उम्मेदवारी दिएको उनले स्पष्ट पारे ।

    यस्तै, राजमोले चुनावी प्रतिस्पर्धामा सुर्खेतमा उतारेका शाहीलाई इमान्दार, संघर्षशील र जनमुखी नेताका रूपमा परिचित छन् । लामो समयदेखि जनताको हक–अधिकार, सामाजिक न्याय र राष्ट्रियता जस्ता मुद्दामा सक्रिय रहेका यी नेताहरूले सुर्खेत जिल्लामा पार्टीको वैचारिक आधार मजबुत बनाउने विश्वास लिएको छ ।

    सोमबार, माघ १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.