• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

शनिबार अपराह्नपछि अर्नबको प्रभाव कम हुने

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ७. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

अमेरिकामा हिउँदे आँधीको असर : लाखौं परिवार प्रभावित हुने


  •   शनिबार, माघ १०, २०८२ मा प्रकाशित
  • एटलान्टा । अमेरिकाको पूर्वी क्षेत्रका दुई–तिहाइ भूभागमा शक्तिशाली हिउँदे आँधीको पूर्वानुमान गरिएसँगै करोडौं मानिस विद्युत् आपूर्ति अवरुद्ध हुने र घर तताउने सुविधा गुम्ने जोखिममा परेका छन् ।

    Advertisement

    दक्षिण क्यारोलिनाको न्युएबरी इलेक्ट्रिक कोअपरेटिभका प्रमुख कार्यकारी अधिकृत किथ एभरीले आवश्यक जनशक्ति र उपकरण तैनाथ गर्न टोलीसँग समन्वय गरिरहेको बताउनुभयो । एभरीका अनुसार सन् २०२४ मा १४ हजार ग्राहकहरूलाई प्रभावित पारेको थियो, तर यसपटकको आँधी अझै खतरनाक हुन सक्ने उहाँको चिन्ता छ ।

    “मलाई बरफे आँधी सबैभन्दा डर लाग्छ,” एभरीले भन्नुभयो ।

    अधिकारीहरूले वर्षाका कारण विद्युत् प्रणालीमा गम्भीर असर पर्न सक्ने भन्दै अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह गरेका छन् ।

    दक्षिणी राज्यहरूमा विद्युत् अवरुद्ध हुनु भनेको केवल बत्ती निभ्नु मात्र नभई घर तताउने सुविधा नै बन्द हुनु हो । अमेरिकी जनगणना ब्युरोका अनुसार अलाबामा, जर्जिया, टेक्सास, टेनेसी, क्यारोलिनाका राज्यहरू लगायत धेरै क्षेत्रमा अधिकांश घरहरू विद्युत्बाट नै तताइन्छन् ।

    टेक्सासको सन् २०२१ को सङ्कटबाट सिकाइ

    सन् २०२१ मा आएको विन्टर स्टर्म ‘युरी’ ले टेक्सासको विद्युत् प्रणाली पाँच दिनसम्म ध्वस्त पारेको थियो, जसका कारण २४६ जनाको ज्यान गएको थियो । विशेषज्ञहरूका अनुसार उक्त सङ्कट मुख्यत: विद्युत् केन्द्र र प्राकृतिक ग्यास प्रणालीलाई चिसो मौसमअनुकूल नबनाइएकाले भएको थियो ।

    ग्रिडरेभेन नामक कम्पनीका प्रमुख कार्यकारी अधिकृत जर्ज रुटेले युरीबाट धेरै पाठ सिकिएको भए पनि अत्यधिक चिसोका बेला ट्रान्समिसन लाइनमा समस्या देखिन सक्ने चेतावनी दिनुभएको छ ।

    टेक्सासका गभर्नर ग्रेग एबोटले राज्यको विद्युत् ग्रिड अहिले पूर्ण रूपमा तयार रहेको दाबी गरे पनि बरफले तारमा भार बढ्दा र रुख ढल्दा स्थानीय रूपमा विद्युत् अवरोध हुन सक्ने स्वीकार गरेका छन् ।

    कमजोर समुदायहरू बढी प्रभावित
    विशेषज्ञहरूका अनुसार विद्युत् अवरोधले सामाजिक असमानता पनि उजागर गर्छ । अध्ययनअनुसार हिस्पानिक समुदायमा बढी विद्युत् अवरोध देखिएको छ भने अश्वेत समुदायमा लामो समयसम्म विद्युत् नआउने समस्या बढी देखिएको छ । विद्युत् बन्द हुँदा चिकित्सकीय उपकरण प्रयोग गर्ने, शिशु स्याहार गर्ने तथा न्यून आय भएका परिवारहरू झनै जोखिममा पर्छन् ।

    न्युयोर्क सिटी युनिभर्सिटीकी समाजशास्त्री जेनिफर लर्डका अनुसार करिब छ जनामध्ये एक अमेरिकी परिवार पहिल्यै ऊर्जा बिल तिर्न ढिला गरिरहेको अवस्थामा थप चिसोले आर्थिक बोझ अझै बढ्न सक्छ । “आँधी सकिएको एक–दुई महिनापछि ठूलो बिल आउँछ, जसले धेरै परिवारलाई विद्युत् विच्छेदको जोखिममा पुर्‍याउँछ,” उहाँले भन्नुभयो ।

    विद्युत् कम्पनीहरू सतर्क
    दक्षिणपूर्वी अमेरिकाका विद्युत् सेवा प्रदायकहरूले सम्भावित लामो समयसम्मको विद्युत् अवरोधका लागि तयारी गर्न उपभोक्तालाई आग्रह गरेका छन् । ड्यूक एनर्जीले उत्तर र दक्षिण क्यारोलिनामा लाखौं ग्राहकलाई सेवा दिने भन्दै हजारौं कर्मचारीलाई तयारी अवस्थामा राखेको जनाएको छ ।

    त्यसैगरी, टेनेसी भ्याली अथोरिटीले विगतका अनुभवबाट सिकेर सयौं मिलियन डलर लगानी गरी विद्युत् प्रणालीलाई चिसो मौसमअनुकूल बनाइएको दाबी गरेको छ ।

    शनिबार, माघ १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने
    सरकारद्वारा एनप्याब्सन निलम्बित
    इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु
    हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट
    हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन
    शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

    भर्खरै

    • १.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • २.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ३.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ४.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ५.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    • ६.
      शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

    • ७.
      उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

    • ८.
      जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.