काठमाडौँ । रास्वपाको धादिङ–१ की उम्मेदवार आशिका तामाङले उम्मेदवारी फिर्ता लिएकी छन्।
Advertisement
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिएकी तामाङले फिर्ता लिएकी हुन् ।
तामाङले उम्मेदवारी फिर्ता गर्नका लागि फोन र इमेल गरेको निर्वाचन अधिकृत एकराज अधिकारीले जानकारी दिए ।
‘उम्मेदवारको नाममा मेरो पनि नाम समावेश भएकाले उक्त निर्वाचनमा उम्मेदवार हुन हाल इच्छा नभएकाले राजीखुसी प्रतिनिधि सभा निर्वाचन ऐन २०७४ को दफा २५ (१) बमोजिम आफ्नो नाम फिर्ता गर्ने सूचना गर्दछु,’ उनले इमेलमा लेखेकी छन्।
उनको जर्मन स्थायी आवासीय अनुमति पत्र सार्वजनिक भएको थियो। यसरी विवादमा तानिएपछि उनले आफ्नो उम्मेदवारी फिर्ताका लागि निर्वाचन अधिकृतको कार्यालयमा इमेल र फोन गरेकी हुन्।
यही विषय बाहिरिएपछि उम्मेदवारी फिर्ता लिएको सामाजिक सञ्जालमा बाहिरीएको थियो ।