काठमाडौँ । भक्तपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट राष्ट्रिय जनमोर्चाका ईश्वरीप्रसाद पैयानी (शर्मा) को उम्मेदवारी दर्ता भएको छ ।
Advertisement
भक्तपुर–१ निर्वाचन कार्यालयमा पुगी २०८२ माघ ६ गते उहाँले उम्मेदवारी दर्ता गर्नुभएको हो ।
राजमो भक्तपुरका सचिवसमेत रहनुभएका ईश्वरीको उम्मेदवारी दर्ता गर्दा राजमोका राजेश गोसाईं, रामभक्त किजुलगायतका नेताहरूको पनि उपस्थिति रहेको थियो ।
राजमो नेता ईश्वरी अखिल नेपाल किसान महासङ्घ (अप्फा) को बागमती प्रदेश समितिमा समेत क्रियाशील हुनुहुन्छ ।
गुल्मी मुसिकोटबाट काठमाडौँ आएर राजनीति तथा साहित्यिक कर्ममा समेत सक्रिय ईश्वरी भक्तपुरमा राजमोको परिचित नाममध्य एक हुनुहुन्छ ।
