• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

भेनेजुएलाको तेल व्यवस्थापनमा अमेरिकी सक्रियता बढ्दो


  •   बुधबार, माघ ०७, २०८२ मा प्रकाशित
  • वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भेनेजुएलाको तेल आपूर्ति र वितरणमा नियन्त्रण बढाउने प्रयासअन्तर्गत अमेरिकी सेनाले भेनेजुएलासँग सम्बन्धित सातौँ प्रतिबन्धित तेल ट्याङ्कर आफ्नो नियन्त्रणमा लिएको छ ।

    Advertisement

    अमेरिकी दक्षिणी कमाण्डका अनुसार ‘एमभी साजिट्टा’ नामक उक्त तेल ट्याङ्करलाई कुनै अप्रिय घटना बिना नियन्त्रणमा लिइएको हो । सो ट्याङ्कर क्यारेबियन क्षेत्रमा प्रतिबन्धित जहाजहरूमाथि लागू गरिएको अमेरिकी ‘क्वारेन्टाइन’ को उल्लङ्घन गर्दै सञ्चालन भइरहेको जनाइएको छ ।

    लाइबेरियामा दर्ता भएको उक्त ट्याङ्कर हङकङस्थित कम्पनीको स्वामित्व तथा व्यवस्थापनमा रहेको बताइएको छ ।

    यस जहाजले पछिल्लो पटक दुई महिनाभन्दा बढी समयअघि युरोपको बाल्टिक सागर क्षेत्र छाड्दा आफ्नो स्थान प्रसारण गरेको थियो । अमेरिकी अधिकारीहरूका अनुसार ट्याङ्करले भेनेजुएलाबाट तेल लिएको पुष्टि भएको छ ।

    अमेरिकी अर्थ मन्त्रालयले सन् २०२२ मा युक्रेनमाथि रुसको आक्रमणसँग सम्बन्धित कार्यकारी आदेश अन्तर्गत उक्त ट्याङ्करमाथि प्रतिबन्ध लगाएको थियो ।

    दक्षिणी कमाण्डले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा भनिएको छ,“यो कदमले भेनेजुएलाबाट बाहिरिने तेल अन्तर्राष्ट्रिय नियम र कानुनअनुसार मात्र हुनुपर्ने हाम्रो प्रतिबद्धता देखाउँछ ।”

    भेनेजुएलाको तेल उद्योग पुनर्निर्माणको प्रयास
    यसअघि जनवरी ३ मा भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो पदबाट हटाइएपछि ट्रम्प प्रशासनले भेनेजुएलाको तेल उत्पादन, प्रशोधन तथा अन्तर्राष्ट्रिय वितरणमा सक्रिय भूमिका निर्वाह गर्ने नीति अघि सारेको छ ।

    अमेरिकी अधिकारीहरूका अनुसार तेल ट्याङ्करहरू नियन्त्रणमा लिएर प्राप्त हुने आम्दानी भेनेजुएलाको कमजोर अर्थतन्त्र र तेल उद्योग पुन:निर्माणमा प्रयोग गर्ने लक्ष्य राखिएको छ ।

    राष्ट्रपति ट्रम्पले हालै तेल कम्पनीका प्रमुखहरूसँग भेट गरी भेनेजुएलाको तेल क्षेत्रमा करिब १०० अर्ब अमेरिकी डलर लगानी गर्ने योजना सार्वजनिक गरेका थिए । उहाँले अमेरिका कम्तीमा तीन करोडदेखि पाँच करोड ब्यारेल भेनेजुएलाली तेल बिक्री गर्ने तयारीमा रहेको बताउनुभयो ।

    मङ्गलबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकाले हालसम्म पाँच करोड ब्यारेल तेल भेनेजुएलाबाट बाहिर लगिसकेको दाबी गर्नुभयो । “हामीसँग अझै ठूलो परिमाणमा तेल बाँकी छ, जसलाई खुला बजारमा बिक्री गरिँदैछ,” उहाँले भन्नुभयो ।

    यसअघिका ट्याङ्कर नियन्त्रण
    पहिलो तेल ट्याङ्कर डिसेम्बर १० मा भेनेजुएलाको तट नजिकै नियन्त्रणमा लिइएको थियो । त्यसपछि अधिकांश ट्याङ्करहरू भेनेजुएलाको आसपासका समुद्री क्षेत्रमा नियन्त्रणमा लिइएका छन् । बेला एक नामक ट्याङ्कर भने उत्तर अटलान्टिक क्षेत्रमा नियन्त्रणमा लिइएको थियो ।

    विश्लेषकहरूका अनुसार अमेरिकाको यस कदमले भेनेजुएलाको तेल व्यापार, अन्तर्राष्ट्रिय ऊर्जा बजार तथा क्षेत्रीय राजनीतिक समीकरणमा दीर्घकालीन प्रभाव पार्न सक्ने देखिन्छ ।

    बुधबार, माघ ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ३.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ४.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ५.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ६.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ७.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ८.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.