• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

इरान–अमेरिका तनाव चर्कियो


  •   बुधबार, माघ ०७, २०८२ मा प्रकाशित
  • दुबई । इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका विदेशमन्त्री अब्बास अराघचीले संयुक्त राज्य अमेरिकाविरुद्ध अहिलेसम्मकै सबैभन्दा प्रत्यक्ष चेतावनी दिनुभएको छ ।

    Advertisement

    उहाँले यदि इरानमाथि नयाँ आक्रमण भयो भने इस्लामिक गणतन्त्रले उपलब्ध सबै सैन्य क्षमताबाट जवाफी कारबाही गर्ने स्पष्ट सन्देश दिनुभएको हो ।

    द वाल स्ट्रिट जर्नलमा प्रकाशित आफ्नो अभिमत लेखमार्फत विदेशमन्त्री अराघचीले इरानका सशस्त्र फौज पूर्ण रूपमा तयार रहेको बताउँदै सन् २०२५ को जुनमा इजरायलसँग भएको १२ दिने युद्धका बेला अपनाइएको संयम अब दोहोरिन नसक्ने सङ्केत गर्नुभयो । उहाँका अनुसार, यस्तो अवस्था उत्पन्न भएमा त्यसको असर केवल इरान वा इजरायलमै सीमित नहुने, सम्पूर्ण क्षेत्र र विश्वभरका सर्वसाधारण प्रभावित हुनेछन् ।

    यो चेतावनी अमेरिकी विमानवाहक युद्ध समूह एसियाबाट पश्चिमतर्फ, मध्यपूर्व नजिकिँदै गरेको अवस्थामा आएको हो ।

    अमेरिकी नौसेनाका एक अधिकारीका अनुसार युएसएस अब्राहम लिङ्कन नेतृत्वको समूह हिन्द महासागर हुँदै मध्यपूर्वतर्फ अघि बढिरहेको छ, जसले क्षेत्रीय तनाव अझ चर्किने सङ्केत दिएको छ ।

    यसैबीच, इरानमा भएको विरोध प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या चार हजार ५०० नाघेको दाबी अमेरिका–आधारित मानव अधिकार कार्यकर्ता समाचार एजेन्सीले गरेको छ । एजेन्सीका अनुसार हजारौँ मानिस पक्राउ परेका छन् र मृत्युदण्डको सम्भावनालाई लिएर गम्भीर चिन्ता बढेको छ ।

    इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले समेत हजारौँको ज्यान गएको स्वीकार गर्दै त्यसको दोष संयुक्त राज्य अमेरिकालाई दिनुभएको छ ।यद्यपि हाल केही दिनदेखि सडक प्रदर्शन देखिएको छैन, जनवरी ८ देखि इन्टरनेट बन्द भएकाले वास्तविक क्षतिको विवरण अझै बाहिर आउन बाँकी रहेको विश्लेषकहरूको भनाइ छ । यस अवस्थाले इरान–अमेरिका सम्बन्धमा गहिरो तनाव कायम राख्दै मध्यपूर्वलाई नयाँ अस्थिरताको दिशातर्फ धकेल्ने खतरा बढाएको छ ।

    बुधबार, माघ ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.