काठमाडौँ । काठमाडौँको क्षेत्र नं. ७ बाट राष्ट्रिय जनमोर्चाको तर्फबाट दीर्घबहादुर श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
Advertisement
२०८२ माघ ६ गते मङ्गलबार जिल्ला निर्वाचन कार्यालयमा पुगी उहाँले राजमोको तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको थियो ।
उम्मेदवारी दर्ताको क्रममा अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, राष्ट्रिय सहकारी अभियानका महासचिव रमेश पौडेल, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का महासचिव धनपति सापकोटालगायतका राजमोसम्बद्ध नेताको उपस्थिति थियो ।
