काठमाडौँ । गुल्मीका दुई निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनका लागि दुई केन्द्रीय सदस्यहरू शेरबहादुर थापा (रामकुमार क्षेत्री) र लालबहादुर थापाको उम्मेदवारी परेको छ ।
जिल्ला निर्वाचन कार्यालय तमघासमा पुगी २०८२ माघ ६ गते दुवै जना उम्मेदवारले उम्मेदवारी दिनुभएको हो ।
क्षेत्र नं. १ बाट उम्मेदवारी दिनुभएका शेरबहादुर थापा राजमो केन्द्रीय सदस्यसँगै जिल्ला समितिको अध्यक्ष पनि हुनुहुन्छ ।
त्यस्तै क्षेत्र नं. २ बाट उम्मेदवारी दिनुभएका लालबहादुर थापा राजमो केन्द्रीय सदस्यसँगै राजमो बागमती प्रदेश समितिका अध्यक्ष पनि हुनुहुन्छ ।
उम्मेदवारी दर्ताको अवसरमा राजमो केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सांसद तारा थापा, राजमो केन्द्रीय सदस्य पुरन थापा, समानुपातिक उम्मेदवार उषा थापा, लुम्बिनी प्रदेशका रामेश्वर खत्रीलगायतका राजमो नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।
