• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

सहकारी ठगी मुद्दा कमजोर बनाउन रविका दुई मुद्दा फिर्ता गरियो : भट्ट


  •   शुक्रबार, माघ ०२, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले सहकारी ठगीसम्बन्धी मुद्दा कमजोर बनाउन रास्वपा सभापति रवि लामिछानेमाथिको मुद्दा फिर्ता लिइएको बताउनुभएको छ ।

    Advertisement

    गत पुस ३० गते महान्यायाधिवक्ताको कार्यालयले रविका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिएपछि महासचिव भट्टले सो धारणा व्यक्त गर्नुभएको हो ।

    युगदर्शन मिडियालाई लिखित टिप्पणी पठाउँदै भट्टले सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिन नमिल्ने श्रेणीअन्तर्गतको अपराध भएको स्पष्ट पार्नुभएको छ ।

    महान्यायाधिवक्ताको कार्यालय मुद्दा संशोधनको नाममा फिर्ता लिएको किटानी पनि उहाँको धारणा छ ।

    त्यस्तै सरकारले मुद्दा फिर्ता लिनुका पछाडि एकातिर सहकारी ठगीसम्बन्धी मुद्दालाई कमजोर बनाउने र अर्कोतर्फ सांसद चयन गरेर रविलाई प्रधानमन्त्री बन्ने बाटो खुला गराउने रहेको उहाँको धारणा छ ।

    टिप्पणीमा पूर्व ओली सरकारले सहकारी ठगीसम्बन्धी मामिला जुन स्तरमा पुगेको भए पनि मिलापत्र गराउने गरी कानुन ल्याउन खाजेको सन्दर्भ उहाँले जोड्नुभयो ।

    तुलसीपुर उच्च अदालतको फैसलालाई सर्वोच्चले सदर गरिसकेपछि पनि रविलाई रिहाइ गर्नुबाटै राजनीतिक षड्यन्त्रको गन्ध आएको धारणा पनि उहाँले राख्नुभएको छ ।

    यस्तो छ, महासचिव भट्टको टिप्पणी :

    “महान्यायाधीवक्ताको कार्यालयले यही २०८२ पुस ३० गते रवि लामिछानेमाथि लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी कास्की, काठमाडौँ, रुपन्देही र पर्सा जिल्ला अदालतमा चलिरहेका मुद्दा संशोधन गर्ने भन्ने शब्द प्रयोग गरे पनि फिर्ता लिने निर्णय गरेको छ । उक्त मुद्दामा वादी नेपाल सरकार भएकाले नेपाल सरकारले प्रतिवादी रवि लामिछानेमाथि लगाइएको चारओटा जिल्ला अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने निर्णय गरेको छ ।

    सर्वप्रथम प्रचलित ऐनकानुनअनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिन नपाउने व्यवस्था छ । ऐनकानुनको बर्खिलाप उक्त मुद्दामा संशोधन भने पनि त्यो फिर्ता लिएको नै हो ।

    महान्यायाधीवक्ताको कार्यालयले रविमाथि लगाएका मुद्दा फिर्ता लिन सम्बन्धित जिल्ला अदालतमा निवेदन दिएर प्रक्रिया अगाडि बढाउन जिल्ला सरकारी वकिलको कार्यालयलाई निर्देशन दिएको छ । त्यो कुरामा सम्बन्धित जिल्ला अदालत सहमत हुने वा नहुने कुरा हेर्न बाँकी नै छ अर्थात् सरकारले मुद्दा फिर्ता वा संशोधन गर्न चाहेर मात्र हुन्न, अदालत पनि सहमत हुनुपर्ने हुन्छ ।

    रवि लामिछानेसँग जोडिएका सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिनुको पछाडि दुइटा उद्देश्य देखिन्छन् : पहिलो– सहकारी ठगीसम्बन्धी मुद्दालाई कमजोर बनाएर मिलापत्रको प्रक्रियामा लैजान खोज्नु, द्वितीय– निर्वाचनमा विजयी भएमा यिनै आरोपका कारण पदबाट निलम्बन हुने खतरालाई टार्नु ।

    केपी ओली सरकारको पालामा भएको सहकारीसम्बन्धी ऐनमा सहकारी ठगीको मुद्दा जुनसुकै अवस्थामा पुगेको भए पनि मिलापत्र गर्न सक्ने गरी संशोधन गरिएको थियो । यही कानुनी छिद्र प्रयोग गेर तत्कालीन ओली सरकारले एमालेसँग सम्बन्धित सहकारी ठगलाई उन्मुक्ति दिन खोजेको थियो । त्यही छिद्र प्रयोग गरेर रवि लामिछानेलाई सहकारी ठगीबाट जोगाएर उनको राजनीतिक भविष्य सुनिश्चित गर्ने उद्देश्यले काम गरेको छ ।

    रविको हकमा सहकारी रकम ठगीसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुरले रुपन्देही जिल्ला अदालतले धरौटी लिई तारेखमा छोड्ने आदेशलाई बदर र थुनामा पठाउने आदेश गरेको थियो । उच्च अदालत तुलसीपुरको थुनामा पठाउने आदेशका विरुद्ध रविकी पत्नीले बन्दीप्रत्यक्षीकरणको रिटअन्तर्गत सर्वोच्च अदालत गएकी थिइन् । सर्वोच्च अदालतले उक्त रिटलाई खारेज गरेर उच्च अदालतकै आदेश सदर गरेको थियो । सर्वोच्च अदालतसम्मले दोषी ठहर गरेको मान्छेले आफ्नो हिस्सामा पर्न आउने बिगो रकम तिरेका कारण थुनामुक्त गर्दा नै राजनीतक गन्ध आइरहेको थियो । अहिले आएर उनलाई दुइटा मुद्दाबाट उन्मुक्ति दिने कुराले त्यो झन् स्पष्ट भएको छ ।”

    शुक्रबार, माघ ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शन कहिल्यै थाक्ने छैन
    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस
    युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • २.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ३.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ४.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ५.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ६.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ७.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ८.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.