• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

अमेरिकी दबाबमा रविमाथिका दुई अपराध फिर्ता लिएको हुन सक्ने मसालको धारणा


  •   शुक्रबार, माघ ०२, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले अमेरिकी दबाबमा नै रास्वपा सभापति रवि लामिछानेमाथिका दुईओटा अपराध फिर्ता लिएको हुन सक्ने बताएको छ ।

    Advertisement

    केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०८२ माघ २ गते शुक्रबार प्रेसवक्तव्य जारी गर्दै मसालले सो धारणा व्यक्त गरेको हो ।

    रास्वपा अमेरिकी साम्राज्यवादद्वारा सञ्चालित सङ्गठन भएको बताउँदै मसालले अमेरिकापरस्त तत्त्वमाझ एकता गराउने लक्ष्यअन्तर्गत त्यस्तो गरिएको बताएको छ ।

    वर्तमान सरकारको यस खालको कदमको विरोध गर्दै पार्टीले जेनजी आन्दोलनमा उठेको सुशासनको नारा विरुद्ध रविलाई उन्मुक्ति दिने काम भएको बताएको छ ।

    सहकारी ठगीसम्बन्धी अपराधलाई निष्पक्ष छानबिन हुनुपर्ने माग गरिएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :

    “महान्यायाधिवक्ताको कार्यालयले कथित स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका विरुद्ध नेपालका विभिन्न अदालतमा चलिरहेका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दालाई फिर्ता लिनका लागि जिल्ला सरकारी वकिलको कार्यालयलाई दिएको निर्देशनप्रति नेकपा (मसाल) को गम्भीर ध्यान आकर्षित भएको छ । महान्यायाधिवक्ता कार्यालयको त्यस प्रकारको निर्देशन नेपालको प्रचलित कानुनका विपरीत रहेको छ किनभने सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिन नै नपाउने कुरा कानुनमा नै व्यवस्था गरिएको छ ।

    यो कुरा स्पष्ट छ, प्रथम, ती दुबै मुद्दा कायम रहँदासम्म रवि प्रतिनिधिसभामा निर्वाचित भए पनि निलम्बित भइरहनुपर्नेछ । उनलाई त्यस प्रकारको कानुनी अड्चनबाट उन्मुक्ति दिन नै उनका विरुद्ध लगाइएका ती मुद्दालाई फिर्ता लिन निर्देशन दिइएको हो । द्वितीय– ती मुद्दाका कारणले सहकारी रकमको ठगीसम्बन्धी मुद्दामा पनि मेलमिलाप गर्न मिल्दैन । त्यसकारण उनका विरुद्ध जुन सहकारीको ठुलो रकम हिनामिना गरेका मुद्दा छन्, तिनीहरूबाट उनलाई उन्मुक्ति दिनका लागि बाटो खुलाउन पनि उनका विरुद्धका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दालाई फिर्ता लिने नीति अपनाइँदैछ । त्यस सन्दर्भमा प्रकट रूपमा अभियोग संशोधन गर्ने शब्द प्रयोग गरिएको छ तर त्यसको वास्तविक उद्देश्य ती मुद्दालाई फिर्ता गराउने नै हो ।

    महान्याधिवक्ताको कार्यालयले ती मुद्दा फिर्ता लिनका लागि निर्देशन दिए पनि त्यसका पछाडि सरकारको दबाबले नै काम गरेको कुरा सजिलैसित अनुमान गर्न सकिन्छ । सरकारका लागि रवि लामिछानेलाई त्यसरी उन्मुक्ति दिनका लागि महान्यायाधिवक्ताको कार्यालयमाथि दबाब दिनुपर्ने आवश्यकता किन पर्‍यो ? त्यो कुरा सामान्य नभएर गम्भीर प्रकारको विषय भएको छ । हामीले पहिलेदेखि नै यो स्पष्ट गर्दै आएका छौँ, कथित स्वतन्त्र पार्टी अमेरिकी साम्राज्यवादद्वारा सञ्चालित सङ्गठन हो । अहिले अमेरिकाले अमेरिकापरस्त तत्त्वका बिचमा एकता कायम गरेर चुनावमा उनीहरूको बहुमत गराउने प्रयत्न गरिरहेको छ । त्यस प्रकारका पात्रमध्ये रवि पनि एक जना हुन् । त्यसैले अमेरिकाको दबाबमा नै सरकारले रविमाथिका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गराउन पहलकदमी गरेको कुरा बुझ्न गाह्रो पर्दैन यद्यपि त्यसअनुसार ती मुद्दा फिर्ता लिने वा नलिने त्यो कुराको अन्तिम निर्णय गर्ने अधिकार अदालतलाई नै हुन्छ । अमेरिकाको सरकारमाथिको दबाब र सरकारको महान्यायाधिवक्ता कार्यालयमाथिको दबाब अदालतमा पर्नेछ वा छैन ? त्यो कुरा आउने दिनमा नै प्रष्ट हुनेछ ।

    यस सन्दर्भमा यो पनि उल्लेखनीय छ कि रविमाथिका जुन प्रकारका मुद्दालाई फिर्ता लिन निर्देशन दिइएको छ, त्यही प्रकारका मुद्दामा थुनिएका अरू कैयौँ अभियुक्त छन् तर सरकारले रविका विरुद्धको मात्र मुद्दा फिर्ता लिने निर्देशन दिएको छ र त्यही प्रकारका मुद्दामा थुनिएका अन्य अभियुक्तको हकमा सरकारले त्यस प्रकारको कुनै निर्देशन दिएको छैन । त्यसबाट पनि रविका विरुद्धका ती मुद्दा फिर्ता गराउनको लागि सरकारले गरेको प्रयत्न र सोबमोजिम महान्यायाधिवक्ता कार्यालयले गरेको उल्लेखित कार्य पूरै स्वेच्छाचारी र कानुन विरुद्ध र विद्यमान फौजदारी न्यायप्रणालीमाथि गम्भीर खेलवाड भएको कुरामा कुनै शङ्का रहन्न । हाम्रो पार्टीले सरकारको त्यस प्रकारको गैरकानुनी कार्यको तीव्र शब्दमा विरोध र भत्र्सना गर्दछ ।

    अहिले रविसित सम्बन्धित सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा नै फिर्ता गर्न प्रयत्न गरेको देखिन्छ तर उनीमाथि सहकारी रकमको ठुलो पैमानामा हिनामिना गरेका मुद्दा पनि छन् । हामीले ती सबै मुद्दाबारे विनाकुनै पूर्वाग्रह वा राजनीतिक प्रतिशोध निष्पक्ष तरिकाले छानबिन हुनुपर्ने कुरामा जोड दिन्छौँ । रविका साथै देशमा सहकारी रकमको हिनामिनको मुद्दामा जेलमा परेका अरू पनि धेरै अभियुक्त छन् । ती सबैको विषयमा निष्पक्ष तरिकाले नै मुद्दाको छानबिन र कारबाही हुनुपर्दछ भन्ने हाम्रो मत रहेको छ । त्यसका साथै राजनीतिक पूर्वाग्रह वा पक्षपातका कारणले त्यस प्रकारको सहकारी रकमको हिनामिनामा संलग्न व्यक्तिमाथि कारबाही गरिएको छैन । उनीहरूमाथि पनि निष्पक्ष तरिकाले छानबिन र कारबाही हुनुपर्ने कुरामा हाम्रो जोड छ तर सरकारले जुन प्रकारको तरिका अपनाएको छ, त्यसबाट सहकारी रकमको हिनामिनासम्बन्धी मुद्दामा पनि रविलाई विनाछानविन र कारबाही उन्मुक्ति दिने त होइन ? त्यो गम्भीर आशङ्का पनि देखा परेको छ ।

    पूर्व सरकारले पहिले कानुनको व्यवस्था गरेर राज्यको सञ्चालन गरिरहेको कार्यविधिका विरुद्ध जेनजी आन्दोलन उठेको थियो र वर्तमान अन्तरिम सरकारले पनि कानुनको राज कायम गर्ने प्रतिबद्धता प्रकट गरेको थियो तर अहिले कानुनी व्यवस्थासमेतको उल्लङ्घन गरेर जसरी रविलाई छुट दिने प्रयत्न भइरहेको छ, त्यसबाट वर्तमान सरकारको कानुनी राज्य कायम गर्ने प्रतिबद्धता अर्थहीन बन्न गएको छ । यो अत्यन्त गम्भीर कुरा हो र त्यसबाट सरकारको विश्वसनीयता नै समाप्त हुने र देशमा अराजकताको स्थिति उत्पन्न हुने सम्भावना देखिन्छ र त्यसप्रति हामीले सम्पूर्ण जनताको ध्यान आकर्षित गर्न चाहान्छौँ ।”

    शुक्रबार, माघ ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.