काठमाडौँ । भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोधमा आगामी माघ ११ गते अन्तरसंवाद कार्यक्रम सम्पन्न हुने भएको छ ।
२०८२ माघ १ गते बिहीबार नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको उपस्थितिमा बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकपछि मसालका प्रवक्ता रामप्रकाश पुरीले दिनुभएको जानकारीअनुसार कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा उक्त कार्यक्रमको आयोजना गरिएको छ ।
भेनेजुयलामा भएको हस्तक्षेपलाई अमेरिकी साम्राज्यवादको हस्तक्षेप बताउँदै उनीहरूले सो कार्यक्रम दिने निर्णय भएको प्रवक्ता पुरीले जानकारी दिनुभयो ।
बैठकमा महामन्त्री सिंहसँगै प्रवक्ता पुरी, मसालको तर्फबाट भैरवराज रेग्मी र समीर सिंह, नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट लीलामणि पोखरेल, बलराम बासकोटा र नहेन्द्र खड्का, राष्ट्रिय जनमोर्चाको तर्फबाट मधु क्षेत्री, घनश्याम न्यौपाने, वासुदेव पोखरेल र धनपति सापकोटा, नेकपा (संयुक्त) बाट डा. विजय पौडेल र नेकपा (माले) बाट घनश्याम मिश्रको उपस्थिति रहेको थियो ।